• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछापमा राजश्व संकलनमा वृद्धि

रामेछाप– रामेछापमा गत आ.व.२०७३/०७४ को तुलनामा आ.व. २०७४/०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३/०७४ मा ११ करोड ६० लाख ८४ हजार ७ सय ३४ रुपैँया ५४ पैसा राजश्व संकलन भएको थियो । आ.व. २०७४/०७५ मा १७ करोड ९७ लाख ५५ हजार ४ सय ४० रुपैयाँ ७८ पैसा राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल लोकनाथ अर्यालले जानकारी दिनुभयो । गत आ.व.को तुलनामा यो आ.व.मा ५४.८५ प्रतिशतले बृद्धि भएको हो । पारीश्रमिक कर,ठेक्कापट्टा कर, दण्ड जरिवाना, जफत, अग्रिम आयकर, लाभांस कर, घरबहाल कर, घरजग्गा कर र बेरुजु लगायतबाट कर संकलन हुने लेखापाल अर्यालले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण