कक्षा १२ को पूरक परीक्षा आज र भोलि
७ असोज २०८२, मंगलवार
रामेछाप– जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा मंगलबार र बुधबार हुँदैछ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा रोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ११ बजे शुरु हुनेछ ।
पहिलो दिन मंगलबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुनेछ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ ।
दुई विषयमा परीक्षा दने परीक्षार्थीका लागि भोलि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । अंग्रेजी विषयको परीक्षा पहिलो दिन अर्थात् ७ गते नै तोकिएको छ ।
कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? घटनामा बाँचेका ललित भन्छन–पाँच कारणले घटना घटयो...
हरि दाहाल ‘ललित’ नेपालमा सामन्तवादका विरुद्ध नेपाली जनता निरन्तर लड्दै आएको इतिहास जीवितै छ । जनविद्रोहबाट नेपाली जनताले ठूला उपलब्धी हासिल
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर
माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखिः सम्पूर्ण तयारी पूरा
१८ चैत २०८२, बुधवार रामेछाप– देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा

प्रतिकृया दिनुहोस