• ON AIRनेपाल दर्पण (उज्यालो)

नवसन्देश साकोसको १२ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१६ चैत २०८०, शुक्रवार
रामेछाप–  नवसन्देश बचत तथा ऋण सहकारी संस्थाको १२ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
साकोसले शुक्रवार लिखु तामाकोसी गाउँपालिकाको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछाप र धोबी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा धोवि बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 
रक्तदान कार्यक्रममा  उत्कृष्ट सेवाभाब बाट अभिप्रेरित भई रक्तदान गर्नु हुने २४ जना महानुभावले रक्तदान गर्नु भएको साकोसका अध्यक्ष विवेक किरण श्रेष्ठले जानकारी दिनुभयो । 
अध्यक्ष श्रेष्ठको अनुसार लिखु तामाकोसी गाउँपालिकाको  कार्य बाहक अध्यक्ष दिपा पाख्रिन, लिखु तामाकोसी गाउँपालिका–३ धोबीका वडा अध्यक्ष गोपाल राज तामाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठ, लिखु तामाकोसी गा.पा.का कर्मचारीहरू र साकोसका पदाधिकारी लगायत स्थानीय ब्यावसायिहरुको उल्लेख्य सहभागी रहेको थियो । 

प्रतिकृया दिनुहोस

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना