• ON AIRकार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा) Dohori Competition
  • स्थानीय समाचार

आज फागु पर्व, धुमधामसँग मनाइँदै

 ११ चैत २०८०, आइतवार
रामेछाप– फागु पर्व, आज देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ ।  यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।
फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।
फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ । तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । 

 

प्रतिकृया दिनुहोस

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन