• ON AIRतिफदी समाचार
  • पप,आधुनिक गितहरु

देशभरमै तेस्रो हुन सफल जिल्ला अस्पताल रामेछाप  

७ चैत २०८०, बुधवार
रामेछाप– जिल्ला अस्पताल रामेछाप सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा देशभरमै तेस्रो हुन सफल भएको छ । 
स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अङ्क ल्याएर तेसो हुन सफल भएको हो । देशभर रहेका १५ शय्याका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि र तरिकामा तेस्रो हुन सफल भएको हो । 
मापदण्ड मूल्याङ्कन समितिले बुधवार अस्पताल व्यवस्थापन समिति सबै स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूको समेतको रोहवरमा जिल्ला अस्पताल रामेछापमा एक औपचारिक कार्यक्रम गरी आफ्नो मूल्याङ्कन प्रतिवेदन  सार्वजनिक गरेको हो । टोलीले सरकारी सूचकका आधारमा  लामो समय लगाएर मसिनो गरी गरेको मुल्याकनमा जिल्ला अस्पताल रामेछापलाई उछिन्दै, जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अङ्क पाएर पहिलो  र सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल  ९२ प्रतिशत अङ्क पाएर दोस्रो हुन सफल भएको जानकारी पनि उक्त समितिले गराएको थियो ।
आफ्नो सेवालाई भर लाग्दो र नागरिक मैत्री सेवामा समर्पित  गराउँदै आएको जिल्ला अस्पताल रामेछाप सरकारद्वारा गठित  जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शय्या अस्पतालहरूमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो 

 

प्रतिकृया दिनुहोस

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका