• ON AIRफिल्मी गितहरु
  • कार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा) Dohori Competition

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानतमा छाडियो 

९ चैत २०८०, शुक्रवार
रामेछाप– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि महरालाई छाडिएको हो ।
 सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको सीआईएनसँग बताउनुभयो । महराको बयान सकिएपछि उहाँलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो । 
प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा म्याद थप गर्न हाजिर भएका बेला उहाँको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो । सरकारी वकिल मार्फत प्रहरीले महरालाई ७ दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो । अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमति सम्बन्धी आदेशमा महरालाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ । अनुसन्धान अधिकृतहरुका अनुसार, कमजोर स्वास्थ्यका कारण उहाँलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ भएको थियो ।
 स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने सन्दर्भमा महरालाई छाडिएको प्रहरीले जनाएको छ । चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएपछि महरालाई पक्राउ गरिएको थियो । 

 

प्रतिकृया दिनुहोस

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन