• ON AIRलोक संगम
  • तिफदी समाचार

तामाकोशी र सुनकोसीमा पुल बन्ने

माघ ८,रामेछाप– रामेछाप जिल्लाको सुनकोसी र तामाकोसी नदीमा झोलुंगे पुल निर्माण हुने भएको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमस्थित कोथवे मझुवा बगर र मन्थली नगरपालिकाको गेलुस्थित तामाकोसी नदीमा झोलुङगे पुल निर्माण हुन लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको सस्पेन्सन वृज डिभिजनले पुल निर्माण गर्नको लागि कन्सलेन्ट नियुक्त गरेर काम अगाडि बढाउने तयारी गरेको छ।  

सुनकोसी नदीमा झोलुगे पुल नहुँदा अहिले पनि कोथवेमा रहेका माझी समुदाय जोखिमयुक्त रुपमा डुगाबाट आवतजावत गर्न बाध्य छन्। विगतदेखि नै माझी समुदायले पुलको माग गरेपनि स्थानीय सरकारको पहलमा कोथवेमा झोलुगे पुल निर्माणको पक्रिया अगाडि बढेको हो ।सस्पेन्सन बृज डिभिजनले पुल निर्माण गर्नको लागि पहिलो चरणमा स्थान छनोट गरेर परामर्शदाता मार्फत काम अगाडि बढाउने तयारी गरेको छ । परामर्शदाताको रिपोर्ट आएपछि यस आर्थिक बर्ष नै पुल निर्माणको लागि ठेक्का लगाउने सस्पेन्सन बृज डिभिनका आयोजना प्रमुख कुमार थापाले बताए ।
 

प्रतिकृया दिनुहोस

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना