• ON AIRहाम्रो नेपाल,राम्रो नेपाल
  • उज्यालो न्यूज

खाँडादेवी गाउँपालिका,अध्यक्षको आफ्नै मझेरी

माघ ६,रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका आफ्नै छोरी रमिता तामाङ, भाइ अर्जुन तामाङ, भतिज देवकुमार तामाङ, बहिनीज्वाई श्याम लामा सहित २१ जना पालिकामा जागिरे भएको खुलेको हो । (समाचार उत्पादक निगरानी समूह) रामेछापले तथ्यसहित यो खवर सार्वजनिक गरेको छ । स्थानीय बेदराज लामाले आफ्ना नाताका मानिसलाई मात्र गाउँपालिकामा अध्यक्ष तामाङले जागिर दिएको भन्दै आक्रोश पोखेका छन् । अचम्म त के छ भने अधिकृत तहदेखि सवारी चालकसम्म २१ जना कर्मचारी छनौट हुँदा १ भन्दा बढीको आवेदन नै नपरेको पालिकाले दाबी गरेको छ ।

 

खाँडादेवी गाउँपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार अध्यक्ष प्रेमबहादुर तामाङकी छोरी पशु चिकित्सक पदमा, ज्वाइँ कम्प्युटर अपरेटर पदमा, भाइ सूचना तथा प्रविधि अधिकृत पदमा निर्विवाद नियुक्त भएका हुन् । पालिका अध्यक्ष तामाङले समेत कुनै पनि पदमा कसैले आवेदन नगरेकाले आफ्नी छोरीसहित घरपरिवारकै मानिस छनौट भएको बताएका छन् । उनले आफन्त मात्र भर्ति गरेको भन्ने आरोप सत्य नभएको दाबी गर्दै आफूलाई सहयोग पुगोस् भनेर आफन्त ल्याएको स्वीकार गरेका छन् । कर्मचारी आवश्यकताका लागि गत असोजमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाले पनि कसैको आवेदन नपरेपछि गत मंसिरमा अध्यक्ष तामाङका एकाघरका नातेदार सहितका आफन्तहरु छनौट भएको सुवेदीले जनाएका छन् ।


यसअघि खाँडादेवी गाउँपालिका भवनमा अनियमितता भएको आशंका गर्दै अधिकांश वडाअध्यक्षले गाउँपालिकाकोे भवन उद्घाटन कार्यक्रम नै बहिस्कार गरेका थिए । हालै भएको पालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा एउटा मात्र निजी रेडियोलाई लाभ हुनेगरी अध्यक्ष प्रेमबहादुर तामाङले गतिविधि गरेको भन्दै रामेछापका अधिकांश विद्युतीय सञ्चार माध्यमले कार्यक्रम नै बहिस्कार गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

आज लिखु तामाकोशी गाउँपालिकामा शोक बिदा

१५ चैत २०८०, बिहीबार रामेछाप– लिखु तामाकोशी गाउँपालिकामा बिहीबार शोक बिदा दिइएको छ । गाउँपालिकाले बिहीबार अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

बागमती प्रदेश युवा परिषद्ले युवालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै

११ चैत २०८०, आइतवार र रामेछाप– बागमती प्रदेश युवा परिषद्ले युवालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न आवेदन खुल्ला गरेको छ ।  बागमती प्रदेश