• ON AIR
  • तिफदी समाचार

एम्बुलेन्स किन्न दिएको पैसा फिर्ता लगे कान्छारामले

माघ ६,रामेछाप– नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ कान्छारामले एम्बुलेन्स किन्नको लागि आफैले दिएको चन्दा फिर्ता लगेका छन् । रामेछापको दोरम्बा गाउँपालिका–६ मा एम्बुलेन्स खरिदका लागि गठन गरिएको चन्दा संकलन समितिलाई चन्दा स्वरुप पूर्णबहादुर तामाङ (कान्छाराम)ले दिएको ९ लाख रुपैयाँ फिर्ता लगेका हुन् । दोरम्बा गाउँपालिका–६ बाट रोजगारीको क्रममा कोरियामा रहेका ब्यक्तिहरु र गाउँमै भएका स्थानीय चन्दादाताबाट एम्बुलेन्स खरिदको लागि आर्थिक संकलन गरिएको स्थानीयले बताएका छन् । चन्दा संकलन समितिका अनुसार नेपाली काँग्रेसका नेता कान्छारामले पनि एम्बुलेन्स खरिदको लागि सहयोग गर्न आपूm इच्छुक रहेको भन्दै ९ लाख रुपैयाँ चन्दा सहयोग गरेका थिए । 


रोजगारीको क्रममा कोरियामा रहेका दोरम्बा गाउँपालिका–६ रिष्ठेका स्थानीय र सोही वडाका स्थानीय चन्दादाताबाट संकलन गरिएको रकम र कान्छारामले सहयोग गरेको ९ लाख रुपैयाँ समेतबाट स्थानीयले एम्बुलेन्स खरिद गरेका थिए । एम्बुलेन्स खरिद पश्चात एम्बुलेन्स कस्ले दिएको भन्ने विषयमा विवाद भएपछि कान्छारामले आफूले दिएको चन्दा फिर्ता मागेको एम्बुलेन्स खरिद समितिका खिलेन्द्र मोक्तानले बताए । एम्बुलेन्समा ‘कोरिया तथा नेपालमा रहेका चन्दादाताबाट सञ्चालित’ लेख्ने प्रस्ताव  अस्वीकार गरि कान्छारामले “सौजन्य” पूर्णबहादुर तामाङ कान्छाराम लेख्नु पर्ने दवाव दिएपछि दोरम्बा–६ रिष्ठेका स्थानीयको सर्वसम्मतिमा कान्छारामको पैसा फिर्ता गरि एम्बुुलेन्स खरिदको लागि अपुग पैसा स्थानीयबाटै संकलन गर्ने निर्णय गरेका थिए ।


एम्बुलेन्समा कोरिया तथा नेपालमा रहेका चन्दादाताबाट सञ्चालित लेख्ने र चन्दादाताहरुको नाम र रकम शीला लेखमा उल्लेख गर्ने स्थानीयको प्रस्ताव पनि कान्छारामले अस्वीकार गरेपछि कान्छारामको नाम नराख्ने र पैसा पनि नलिने निर्णयमा एम्बुलेन्स खरिद समिति पुगेका थिए । स्थानीयको निर्णयअनुसार एम्बुलेन्समा “सौजन्य” पूर्णबहादुर तामाङ (कान्छाराम) लेख्न नसकिने एम्बुलेन्स खरिद समितिले बताएपछि कान्छारामले आपूmले दिएको चन्दा फिर्ता मागेको खिलेन्द्र मोक्ताले बताए । कान्छारामले चन्दा फिर्ता मागेपछि एम्बुलेन्स खरिद समितिले उनको पैसा फिर्ता गरिदिएका हुन् । 


यस विषयमा जानकारी लिन फोन सम्पर्क गर्न खोज्दा कान्छारामसँग सम्पर्क हुन सकेन । खरिद गरिएको एम्बुलेन्स खरिद समितिले सामुदायिक स्वास्थ्य इकाई रिष्ठेलाई हस्तान्तरण गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सामुदायिक स्वास्थ्य इकाई रिष्ठेका संयोजक तथा वडा अध्यक्ष अम्बिकाप्रसाद गजुरेललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिएको हो । दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिंह तामाङ (मोक्तान)द्धारा एम्बुलेन्सको साँचो स्वास्थ्य इकाई रिष्ठेलाई हस्तान्तरण गरिएको हो । 


 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर