• ON AIR

भूकम्पले क्षतिभएका ५० प्रतिशत नीजि आवासको पुर्ननिर्माण सकियो 

माघ २,काठमान्डौ– भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा सरकारले अहिलेसम्म ५० प्रतिशत पुर्ननिर्माणको काम सकिएको जनाएको छ । भूकम्पबाट पूर्ण क्षति भएका साढे सात लाख निजि आवासमध्ये अहिलेसम्म साढे ३ लाख घरको पुर्ननिर्माण सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको हो ।

२०७२ सालको भूकम्पमा सबैभन्दा बढि निजी आवासतर्फ झन्डै साढे ७ लाख घरमा क्षति भएको थियो । क्षति भएकामध्ये आधाघरहरु पुर्ननिर्माण भइसकेका छन् भने बाँकी रहेको ५० प्रतिशत घर निर्माण आर्थिक वर्षको अन्यसम्म सक्ने लक्ष्य प्राधिकरणले राखेको छ ।

त्यसैगरी शिक्षण संस्थातर्फ क्षति भएका ७ हजार ५ सय ५३ भवनमध्ये ४ हजार १ सय ७२, स्वास्थ्य संस्थातर्फ १ हजार १ सय ५७ मध्ये ७ सय, सरकारी एवं सुरक्षा निकायका ४ सय १५ मध्ये २ सय ४८ भवन पुर्ननिर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस

आज फागु पर्व, धुमधामसँग मनाइँदै

 ११ चैत २०८०, आइतवार रामेछाप– फागु पर्व, आज देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई

शैक्षिक कार्यतालिकाको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

९ चैत २०८०, शुक्रवार रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक कार्यतालिकालाई प्रभावकारी कार्यान्वयन गर्न दिर्नेशन दिनुभएको

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानतमा छाडियो 

९ चैत २०८०, शुक्रवार रामेछाप– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा