• ON AIR

समायोजनमा जान चाहने कर्मचारीले फारम भर्ने आज अन्तिम दिन 

माघ २,काठमान्डौ– संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन अहिलेसम्म ७३ हजारभन्दा बढी कर्मचारीले अनलाइन फाराम भरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले समायोजनमा जान चाहने कर्मचारीका लागि फारम भर्न २१ दिनको समय दिएको थियो । मन्त्रालयका अनुसार आज राती १२ बजेसम्म कर्मचारीले फारम भर्न सक्नेछन् । समायोजन फाराम भर्ने कर्मचारीको संख्या आजसम्म करिब ७५ हजार पुग्ने देखिएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताउनुभयो । ८५ प्रतिशतभन्दा बढी कर्मचारीले समायोजनमा सहभागिता जनाएका उहाँको भनाइ छ ।


अध्यादेशले वृत्तिविकास रोकेको भन्दै आन्दोलित भएका कर्मचारीलाई सरकारले संघीय निजामती कर्मचारी ऐनमा उनीहरुको माग समेटिने घोषणा गरेपछि कर्मचारी समायोजनमा जान तयार भएका हुन् । मन्त्रालयका अनुसार परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका करिब ४ हजार कर्मचारी स्वतः संघीय सरकारमा रहने भएकाले उनीहरू समायोजन प्रक्रियामा जानु पर्दैन।

 

यसैबीच,स्वास्थ्य क्षेत्रमा कार्यरत झन्डै एक लाख स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विभेदकारी नीति अवलम्बन गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीले दैनिक रूपमा स्वास्थ्य मन्त्रालय घेराउ गर्न थालेपछि सरकारले मन्त्रालयमा प्रहरी नै परिचालन गर्नु परेको छ । उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । 
 

प्रतिकृया दिनुहोस

आज फागु पर्व, धुमधामसँग मनाइँदै

 ११ चैत २०८०, आइतवार रामेछाप– फागु पर्व, आज देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई

शैक्षिक कार्यतालिकाको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

९ चैत २०८०, शुक्रवार रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक कार्यतालिकालाई प्रभावकारी कार्यान्वयन गर्न दिर्नेशन दिनुभएको

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानतमा छाडियो 

९ चैत २०८०, शुक्रवार रामेछाप– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा