• ON AIR

भुकम्पको साढे ३ वर्ष : पुननिर्माण भएन विद्यालय

माघ २,रामेछाप– भुकम्प गएको साढे ३ वर्षसम्म पनि विद्यालय भवनको पुननिर्माण नहुँदा रामेछापको सल्लेस्थित केवलेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरु खुल्ला आकाशमुनि बसेर पढ्न बाध्य भएका छन् । रामेछाप नगरपालिकाको वडा नम्वर ८ मा रहेको सो विद्यालयको भवन भुकम्पका कारण क्षेतिग्रस्त बनेपछि अस्थायी टहरामा पठन पाठन हुँदै आएकोे थियो । चाइल्ड फण्डले बनाइदिएको २ कोेठे अस्थायी टहरापनि जिर्ण बनेपछि अहिले विद्यार्थीहरुलाई बाहिरै राखेर पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद घिमिरेले बताउनुभयो ।

 

 शिशु कक्षा देखि कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा १८ जना विद्यार्थिहरु छन । भवनको अभावमा ति सवै विद्यार्थीहरुलाई बाहिर एकैठाउँमा राखेर पढाउनुपर्ने बाध्यता छ । एकै ठाउँमा सबै विद्यार्थिलाई राखेर पढाउँदा हो–हल्लाले विद्यार्थीलाई पढाईमा ध्यान केन्द्रित गराउन निकै समस्या हुने गरेको शिक्षक विनोद घिमिरेको भनाई छ ।  भुकम्पबाट विद्यालयमा क्षेति पुगेको साढे ३ वर्षपछि भने नगरपालिकाको ८ नम्वर वडा कार्यालयले विद्यालय पुन निर्माणका लागी ८ लाख रुपैया रकम विनियोजन गरेको छ ।

 

वडाध्यक्ष केदार कार्कीले बजेट विनियोजन भईसकेको र पुन निर्माणको काम समेत अगाडी बढिसकेको दावि गर्नुभएको छ । अहिले  विद्यालय भवन बनाउने स्थानको जग्गा सम्याउने काम भइरहेकोले अबको केहि महिनामै विद्यालयको आफनै भवन निर्माण हुने वडाध्यक्ष कार्कीले बताउनुभयो ।  
 

प्रतिकृया दिनुहोस

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति

१२ असोज २०८०, शुक्रवार रामेछाप– आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ । शुक्रवार सरकारका तर्फबा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री