• ON AIRलोक लहरी (प्रशान्तको साथमा)
  • स्थानीय समाचार (मन्जु मगर)

संस्कृत भाषालाई जोगाउँदै शारदा मावि

पुष ३०,मन्थली– २०७२ को भुकम्पबाट क्षतिग्रस्त बनेको रामेछापको एक मात्र संस्कृत विद्यालय सारदा संस्कृत माविको नया भवन निर्माण भएको छ । भुकम्पिय आपलकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत एशियाली विकाश बैकको आर्थिक सहयोग र जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षाको अनुदान व्यवस्थापनमा विद्यालयको ५ वटा पक्कि भवन निर्माण सम्पन्न भएको हो ।


कामको जिम्मेवारी लिएको लुम्बिनी खानी जेभी काठमाण्डौ बानेश्वर निर्माण कम्पनीले ९ करोड ६५ लाख २८ हजार ३ सय ६० लागतमा अपाङगमैत्री र बालमैत्रिकोठा सहितको भवनहरु निर्माण गरेको हो । २०१८ जुलाई ६ मा विद्यालय हस्तान्तरण गर्ने गरी उक्त कम्पनीले २०१७ अप्रिलमा आयोजना सम्झौता गरेको थियो । विभिन्न कारणले काममा केहि ढिलाईभएपनि अव छिटै समुदायलाई विद्यालय भवन हस्तान्तरण गर्ने तयारी छ । उक्त संस्कृत विद्यालयमा शिशुकक्षादेखि कक्षा १२ सम्म संस्कृत भाषामै पठनपाठन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका