• ON AIRकार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा) Dohori Competition
  • स्थानीय समाचार

फेल भएका शिक्षकलाई सेवा बापत्को पैसा दिएर बिदा गरिंदै 

पुष २६,काठमान्डौ– सरकारले शिक्षा आयोगको परीक्षामा फेल भएका शिक्षकलाई सेवा बापत्को पैसा दिएर विदा गर्ने भएको छ । शिक्षा ऐन नवौं संशोधन गर्ने क्रममा देशभरका झन्डै २६ हजार अस्थायी शिक्षकहरुलाई स्थायी हुनका लागि परीक्षा लिएको थियो । जाँचमा ४० पूर्णाङ्क ल्याउन नसक्ने झन्डै एक तिहाई अर्थात् ८ हजार शिक्षकहरु फेल भएका थिए । परीक्षामा २२ हजारको हाराहारीमा शिक्षकहरु सहभागि भएका थिए । अस्थायी शिक्षकहरुका लागि गोल्डेन ह्यानड सेकमा उसले काम गरेको वर्षको आधारमा ३ तहमा वर्गिकरण गरिएको छ । जसमा ५ वर्ष भन्दा कम काम गरेकालाई सो सुविधाबाट वञ्चित गरिएको छ ।


५ वर्षदेखि १० वर्ष काम गरेकालाई आफूले खाईपाई आएको मासिक तलबको आधा महिनाको तलब, १० देखि १५ वर्ष काम गरेकालाई एक महिनाको र १५ भन्दा बढि काम गरेकालाई डेढ महिनाको तलब पाउने गरि गोल्डेन ह्यान्डसेकमा वर्गिकरण गरिएको छ ।जसमा प्राथमिक तहकाले बढिमा ६ लाख, निम्न माध्यमिक तहकाले बढिमा ९ लाख ९० हजार, माध्यमिक तहकाले अधिकतम ९ लाख पाउने शिक्षा विभागले जनाएको छ । विभागका प्रवक्ता दिपक शर्माले बताउनुभए अनुसार अस्थायी शिक्षकको जाँचमा फेल हुँदा ती अभावलाई पूर्ती गर्न सरकारले खुल्ला विज्ञापन गरिरहेको छ । कुन जिल्लामा कति शिक्षकको आवश्यक्ता हुन्छ त्यहि अनुसार शिक्षकको पद पूर्ती गर्ने उहाँको भनाइ छ । देशभर हाल एक लाख ९० हजार सरकारी शिक्षक छन् । जसमा ५० हजार शिक्षकको अभाव नै छ ।


अस्थायी शिक्षकको जाँचमा फेल भएपछि ती स्थानमा झन्डै ३ हजारको हाराहारीमा शिक्षक अभाव हुन सक्ने शिक्षा विभागले जनाएको छ । हिमालमा ४०, पहाडमा ४५ र तराई र उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी कायम गरिएको छ । दरबन्दी अनुसार शिक्षक भने कमै ठाउँमा मात्रै छन् । अहिलेको अभाव कायम गर्न सरकारले छलफल गरेपनि देशभर अझैं ५० हजार शिक्षकको अभाव पुर्तीका लागि के गर्ने भन्ने विषयमा सरकारले कुनै चासो दिएको देखिदैँन ।
 

प्रतिकृया दिनुहोस

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका