• ON AIRआध्यमत्मिक ज्योती
  • नेपाली खवर (NRN)

यसवर्षको जगदिश स्मृति पुरस्कार रोचक घिमिरेलाई

पौष २२,रामेछाप- यसवर्षको जगदिश स्मृति पुरस्कार साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । बरिष्ठ साहित्यकार, पत्रकार तथा समाजसेवि स्वर्गीय जगदिश घिमिरेको स्मृतिमा शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजना गरिएको पाँचौ साहित्यिक सभाको अवसरमा रोचक घिमिरेलाई जगदिश स्मृति पुरस्कार प्रदान गरिएको हो । नेपाली भाषा, साहित्य र साहित्यक पत्रकारिताको क्षेत्रमा रहि विगत ६ दशकदेखि नेपाली वाङ्मयको श्रीबृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै रोचकलाई ५१ हजार नगद र प्रसंसा पत्र सहितको जगदिश स्मृति पुरस्कार प्रदान गरिएको हो । 


सोही कार्यक्रमकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित जगदिश घिमिरेका प्रतिनिधि कथाहरु नामक पुस्तकको पनि बिमोचित गरिएको छ । साहित्यकार महेश प्रसाईद्धारा सम्पादीत उक्त पुस्तकको बिमोचन मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले गरेका हुन् । कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरका स्रस्टाहरुले रचना प्रस्तुत गरेका थिए । आफ्ना रचना प्रस्तुत गर्दै अधिकांस सर्जगहरुले ३ लालको जिल्ला भनेर चिनिने रामेछाप जिल्लालाई जगदिश घिमिरेको नाम थपेर ४ लालको जिल्ला घोषणा गर्नुपर्ने माग गरे । 

 

कार्यक्रमलाई संबोधन गर्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जगदिश घिमिरेलाई चौथो लालको रुपमा चिनाउन आपूmले सकेको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । कला र साहित्यको क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउँदै यस्ता समारोहमा बाचन गरिएका सबै खालका रचनाहरुलाई संकलन गरि पुस्तकको रुपमा प्रकाशन गर्नका लागि आवश्यक सहयोग गर्ने पनि बस्नेतले बताए । स्वर्गीय जगदिश घिमिरेको सम्झनामा स्थापना गरिएको जगदिश घिमिरे प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्यमा योगदान दिने एक जना श्रष्टालाई पुरस्कृत गर्दै आएको छ । 
 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन (फोटो फिचर)

१७ वैशाख २०८०, आइतबार रामेछाप– बुधवार देखी मन्थलीमा सुरु भएको अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन पनि जारी रहेको छ । नेपाल पत्रकार महासङ्घ