• ON AIRकार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा)
  • स्थानीय समाचार

वर्षौँसम्म सरकारी कामकाज ठप्प पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी !

पौष २१,विविसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उहाँले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल बनाउन राष्ट्रिय आपतकालको घोषणा समेत गर्न सक्ने बताएका छन् । ट्रम्पले पर्खाल बनाउन बजेट नमिलेसम्म कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने समेत बताए । ट्रम्पले वर्षौंसम्म बन्द काम बन्द गर्न पनि आफू तयार रहेको चेतावनी दिएका हुन् ।  मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न ट्रम्पले संसदमा माग गरेको बजेट विवादका कारण अमेरिकामा सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको दुई हप्ताभन्दा बढी भैसकेको छ ।

 

मेक्सिकोको सीमानामा पर्खाल बनाउन पाँच अरब अमेरिकी डलर बजेट माग गरिएको छ । बजेट संसदले पारित नगर्दा उत्पन्न गतिरोधले अमेरिकाका ८ लाख संघीय कर्मचारीले तलबसमेत पाएका छैनन् । ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानुनी रूपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । पर्खाल निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन । अहिले अमेरिकी राजनीतिमा पर्खालको मुद्दा पेचिलो बन्दै गएको छ ।
 

प्रतिकृया दिनुहोस

युद्धका क्रममा गाजामा ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत २०८०, मंगलवार रामेछाप– इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको ज्यान गएको छ ।  हमास लडाकुले

प्रहरी स्टेसनमा आगलागी, ४०० गाडी जलेर नष्ट

१६ माघ २०८०, मङ्गलवार रामेछाप– भारतको राजधानी दिल्लीमा भीषण आगलागी भएको छ । आगलागीमा ४ सय भन्दा धेरै निजी सवारी साधन जलेर नष्ट भएको हो । उत्तरी

इजरायली सेनाले गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ गर्‍यो

२० पुष २०८०, शुक्रवार रामेछाप– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट करिब ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको