• ON AIR

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले लिए सांसदको सपथ 

पौष २०,काठमाडौं– प्रहरी उच्चअधिकारीसहित ८ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाका मुख्य अभियुक्त सांसद रेशम चौधरीले सपथ लिएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था समितिको हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । राष्ट्रिय जनता पार्टी राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनीसहित दिएको अल्टिमेटम सकिएको २ दिनपछि संसद सचिवालयले सांसद चौधरीलाई विहिबार सपथ गराएको हो । निर्वा्चित भएको १३ महिनापछि चौधरीले सपथ लिएका हुन् ।


राजपा नेपालका तर्फबाट कैलाली १ बाट निर्वा्चित चौधरी २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनाको अनुसन्धनका क्रममा पुर्पक्षका लागि थुनामा छन् । सपथलगत्तै चौधरी निलम्बित सांसदका रुपमा पुनः डिल्लीबजारस्थित कारागार चलान भएका छन् । सोही घटनाका अर्का अभियुक्त लक्ष्मण चौधरीसहित २३ जना जिल्ला कारागार कैलाली तथा २ बालक पोखरास्थित बालसुधार गृहको थुनामा छन् । चौधरीसहित २६ जनाबिरुद्ध कर्तव्य ज्यान, डांकाचोरी र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा जिल्ला अदालत कैलालीमा विचाराधिन छ । घटनापछि फरार रहेका चौधरीले गत फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।


राजपाका नेताहरुले चौधरीलाई शपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए । आफ्नो रिहाई र सपथको माग गर्दै चौधरी गत फागुनमा १८ दिने अनशन समेत बसेका थिए ।
 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन