• ON AIRकार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा) Dohori Competition
  • स्थानीय समाचार

गोरु जोतेर उमाकुण्ड कृषि महोत्वसको उद्घाटन

पुस २०, रामेछाप– जिल्लाको उमाकुण्ड गाउँपालिकामा कृषि महोत्सव आयोजना गरिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीमा एक हप्ते कृषि महोत्सव आयोजना गरिएको हो । राजेश पशुपालन विकास फार्म र अन्जना कृषि तथा पशुपालन फार्मद्धारा आयोजीत कृषि महोत्सवको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गोरु जोतेर गरेका थिए । गाउँपालिकाका कृषकमा कृषि चेतनाको विकास गराउनु साथै प्रोत्साहित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संस्था आरभिडी फार्मले जनाएको छ ।

 

महोत्सव उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको लागि बजार ब्यवस्थापन गाउँपालिकाले गर्ने बताए । गाउँपालिका अध्यक्ष सुनुवारले निर्वाहमुखी खेतीलाई परिवर्तन गरेर ब्यवसायिक खेती गर्न पनि किसानलाई आग्रह गरे । महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने, आलू, कोदो, गहुँ, साथै स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा फलपूmलका स्टल राखिएको छ । त्यसैगरी स्थानीय जडिबुट्टि तथा स्थानीय स्तरमा उत्पादीत ढाकाको कपडा लगायतका सामाग्री पनि प्रदर्शनीमा राखिएको छ । स्टलमा राखिएका बस्तुहरु सुलभ मूल्यमा किन्न सकिने महोत्सव आयोजक समितिका संयोजक राजेश बराइलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण