• ON AIRकार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा)
  • स्थानीय समाचार

मेलमिलाप दिवस मनाउन कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

पौष १३,काठमाडौं– कांग्रेसले १६ पुसमा ४३औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । पार्टी संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन मुलुकभर विविध कार्यक्रमका साथ मेलमिलाप दिवस मनाउने कांग्रेसको निर्णय छ । मेलमिलाप दिवस भव्य रूपमा मनाउन पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।  १६ पुस २०३३ मा बिपी कोइरालाका साथ गणेशमान सिंह र अन्य शीर्ष नेताहरू आठ वर्ष लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्केको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । 

 

को कहाँ खटाइए ?
ताप्लेजुङमा सुजाता परियार, पाँचथर डा.डिला संग्रौला, इलाममा महेन्द्र यादव, झापामा कृष्णप्रसाद सिटौला, संखुवासभामा मानबहादुर विश्वकर्मा, तेह्रथुममा भीष्मराज आङ्दम्बे, भोजपुरमा अमृत अर्याल, धनकुटामा सरिता प्रसाइ, मोरङमा डा। प्रकाशशरण महत, सुनसरीमा महेश आचार्य, सोलुखुम्बुमा कल्याणकुमार गुरुङ, खोटाङमा केशवकुमार बुढाथोकी, ओखलढुंगामा बलबहादुर केसी, उदयपुरमा आनन्दप्रसाद ढुंगाना, सप्तरीमा डा. मिनेन्द्र रिजाल, सिरहामा विमलेन्द्र निधि, दोलखामा किशोरसिंह राठौर, रामेछापमा किरण यादव, सिन्धुलीमा पुष्पा भुसाल, धनुषामा धनराज गुरुङ, महोत्तरीमा सीतादेवी यादव, सर्लाहीमा डा.शेखर कोइराला, रसुवामा शिवप्रसाद हुमागाईं, धादिङमा डा.रामशरण महत, नुवाकोटमा रमेश रिजाललाई खटाइएको छ । 

काठमाडौंमा सभापति शेरबहादुर देउवा, भक्तपुरमा ईश्वरी न्यौपाने, ललितपुरमा उमाकान्त चौधरी, काभ्रेमा अर्जुननरसिंह केसी, सिन्धुपाल्चोकमा अम्बिका बस्नेत, मकवानपुरमा गुरुराज घिमिरे, रौतहटमा फर्मुल्लाह मन्सुर, बारामा महालक्ष्मी उपाध्याय ‘डिना’, पर्सामा प्रकाशमान सिंह, चितवनमा ज्ञानेन्द्रबहादुर कार्की, गोरखामा रामचन्द्र पौडेल, मनाङमा सीता गुरुङ, लम्जुङमा शंकर भण्डारी, कास्कीमा पूर्णबहादुर खड्का, तनहुँमा कमला पन्त, स्याङ्जामा अर्जुनप्रसाद जोशी, गुल्मीमा रामकृष्ण यादव, पाल्पामा डा.नारायण खड्का, अर्घाखाँचीमा देवेन्द्रराज कँडेल, नवलपुरमा सुरेन्द्रराज पाण्डे, नवलपरासीमा दिलबहादुर घर्ती, रुपन्देहीमा गोपालमान श्रेष्ठ, कपिलवस्तुमा बालकृष्ण खाण, मुस्ताङमा चित्रलेखा यादव, म्याग्दीमा जीवन परियार, बाग्लुङमा हरिप्रसाद नेपाल खटिएका छन् । 

पर्वतमा दीपक गिरी, रुकुम (पूर्व)मा बालकृष्ण पाण्डे, रुकुम (पश्चिम)मा शिला शर्मा खड्का, रोल्पामा वीरबहादुर बलायर, प्युठानमा रत्न शेरचन, सल्यानमा पार्वती डिसी चौधरी, दाङमा मोहनबहादुर बस्नेत, डोल्पामा जीवनबहादुर शाही, मुगुमा हसन अन्सारी, जुम्लामा गगन थापा, कालिकोटमा लक्ष्मी परियार, हुम्लामा बहादुरसिंह लामा, जाजरकोटमा प्रदीप पौडेल, दैलेखमा गोविन्द भट्टराई, सुर्खेतमा श्यामकुमार घिमिरे, बाँकेमा मीन विश्वकर्मा, बर्दियामा डा.चन्द्र भण्डारी, बाजुरामा दिलेन्द्रप्रसाद बडू, अछाममा हृदयराम थानी, बझाङमा आनन्द विष्ट, डोटीमा नवीन्द्रराज जोशी, कैलालीमा रमेश लेखक, दार्चुलामा बद्री पाण्डे, बैतडीमा अतहर कमाल मुसलमान, डडेल्धुरामा एनपी साउद र कञ्चनपुरमा अजयकुमार चौरसिया केन्द्रीय प्रतिनिधि बनेका छन् । 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन