• ON AIRनेपाल खबर (उज्यालो)
  • कार्यक्रम सिने सन्सार (प्रशान्त हायू)

नेताहरुको विवादले कांग्रेस महासमिति बैठक अन्योलमा 

पुष ६,काठमान्डौ– विधानको विवादका कारण नेपाली कांग्रेसको महासमिति बैठक अन्यौलमा परेको छ । मंगलबार सकिनुपर्ने बैठक आजसम्म पनि मुख्य मुद्दामा छलफलमा प्रवेश गरेको छैन । पार्टीलाई संघीय संरचनामा लैजान सोहीअनुरूपको विधान पारित गर्ने मूल एजेन्डासहित २९ मंसिरबाट सुरु भएको कांग्रेस महासमिति बैठक विधान नआउँदा बन्धक भएको हो ।महासमिति सुरु हुनुअघि नै विधानमा देखिएको गुटगत विवाद पूर्वनिर्धारित अन्तिम मिति सकिँदासम्म पनि सहमतितर्फ पुग्न नसक्दा जारी महासमिति विधानकै कारण बन्धक बन्न पुगेको हो ।


विधानमा सहमति जुट्न नसकेपछि महासमितिसमेत लम्बिएको छ ।कांग्रेसले तयार गरिरहेको पार्टीको संशोधित विधानमा पदाधिकारी संख्या मूल विवादका रूपमा रहँदै आएको छ । कांग्रेसभित्रको संस्थापन पक्षका दोस्रो तहका नेताहरूले मंगलबार राति भएको शीर्ष तहको सहमति नमान्ने बताएपछि विधानमा सहमतिमा पुग्न नेताहरूलाई झनै असहज हुँदै आएको छ ।केन्द्रीय समिति बैठकमा शीर्ष तहमा भएको सहमति नमान्ने आवाज सभापति शेरबहादुर देउवानिकट समूहका दोस्रो तहका नेताहरूबाटै उठेपछि नेताहरू झनै अप्ठ्यारोमा परेका छन् ।


 नेपाली काँग्रेसको जारी महासमिति बैठकमा विधान पेश हुन नसकेपछि महासमिति सदस्यहरु निराश बनेका छन् । महासमिति सदस्य रुद्र अधिकारीले आज सहमति गरेर आजै बैठक सक्नेगरि नेताहरुले आश्वासन दिएको जानकारी दिनुभयो ।  आज पनि बिहानैदेखि नेताहरु छलफलमा छन् ।तर महासमिति बैठक सुरु भइसकेको छैन ।  
 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन