• ON AIR
  • तिफदी समाचार

चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक

पुस ४, काठमान्डौ– नेपाली चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको  ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि नै सार्वजनिक भएको चलचित्रमा समावेश लोक शैलीको ‘चोलीको तुना’बोलको गीतलाई दर्शकले रुचाएका छन् । 

 

चलचित्र‘न यता न उता’मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको हो । रिना लामाले चलचित्रको निर्माण गरेकी हुन् । चलचित्रमा समावेश गीतमा मिलन जलन र राजन इशानको संगीत रहेको छ । गीतमा राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र रमिना सिंहको स्वर सुन्न सकिन्छ । चलचित्रमा समावेश गीतको भिडियोको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन् ।

 

चलचित्रमा समिर दीक्षित, मिराज रोससहित ऋचा शर्मा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमलमणि नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडालगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र माघ २५ बाट प्रदर्शनमा आउने बताइएको छ ।

प्रतिकृया दिनुहोस

नवीन योगी सङ्ग निरा छत्यालको अन्तिम सहकार्य, गीत भोलि रिलिज हुँदै

२९ पुस, २०८० आइतबार  रामेछाप- सर्जक नवीन योगीको सहकार्यमा स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते (भोलि) रिलिज हुने भएको छ । स्वर्गीय

वृहत् रामेछाप महोत्सवको आज चौथो दिन यी कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप– “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म

वृहत् रामेछाप महोत्सवको आज तेस्रो दिन चर्चित ९ कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप–“रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारा सहित यही पुस २६ देखि