• ON AIRविज्ञापन
  • स्थानीय रेडक्रस कार्यक्रम

सम्बन्धित वडामा कार्यालय स्थापना गर्न म.न.पा.को निर्देशन

राजिव कार्की /
कात्तिक २७,रामेछाप–
रामेछाप जिल्लाको मन्थली नगरपालिकाले मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुलाई सम्बन्धित वडाकोे पायक पर्ने स्थानमा कार्यालय स्थापना गरि सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । वडा कार्यालको गतिविधि मन्थलीबाट सञ्चालन गरिएको र सम्बन्धित वडाहरुमा जनप्रतिनिध र कर्मचारी नभेटिएको जनगुनासो आएकाले मन्थली नगरपालिका अन्तर्गका १४ वटा वडा कार्यालयहरु सम्बन्धित वडामै स्थापना गरि कार्य सञ्चालन गर्न नगरकार्यकालिकाले निर्देशन दिइएको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाले वडाहरुको स्थलगत अनुगमन गर्ने क्रममा सम्बन्धित वडाहरुमा वडा कार्यालय नरहेको पाइएपछि नगरकार्यपालिकाले सम्बन्धित वडामै कार्यालय स्थापना गरि काम गर्न निर्देशन दिएको हो ।


मन्थली नगरपालिका अन्तर्गतका धरैजसो वडा कार्यालयहरुले सदरमुकाम मन्थलीमा सम्पर्क कार्यालय स्थापना गरि कार्य सञ्चालन गर्दै आइरहेका छन् । जसका कारण एउटा सिफारिसका लागि पनि सेवाग्राही सदरमुकाम आउनुपर्ने बाध्यता छ । सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याउने उद्देश्यले संघीय लोकतान्त्रिक व्यवस्थाको मर्म र भावना अनुरुप स्थानीय तहको निर्वाचन र त्यसबाट चुनिएका जनप्रतिनिधिहरुले नै नागरिकहरुलाई सास्ती दिनु दुखःद भएको भन्दै नगरपालिकाले आउँदो मंसिर १५ गते भित्र तोकिएको मापदण्ड बमोजिम सम्वन्धित वडामा कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ ।

 

(निर्देशन हेर्नुस )


यस्तै नगरपालिकाले वडा कार्यालहरुलाई आपूmखुसी जनशक्ति व्यवस्थापन नगर्न पनि सचेत गराएको छ । मन्थली नगरपालिकाले नगरपालिका अन्तर्गत रहि काम गरिरहेका सामाजिक परिचालकहरुलाई गएको असोज मसान्तमै सेवाबाट हटाउने निर्णय गरेको थियो ।

असोज मसान्तसम्मको तलवभत्ता, चाँडपर्व खर्च लगायत उनीहरुले पाउने सेवासुविधा सहित सेवाबाट हटाइए पनि केहि वडा कार्यालयहरुले वडा सञ्चालन खर्चबाटै तलव सुविधा भुक्तानी गर्ने गरि काममा लगाइराखेको पाइएकोले समाजिक परिचालकलाई हटाउन पनि निर्देशन दिइएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए ।


नगर कार्यपालिकाको निर्णय बेगर स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्र्तगत कार्यरत सामाजिक परिचालकहरुलाई पुनः काममा लगाए नगरपालिकाले भुक्तानि नगर्ने पनि खड्काले बताए ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर