• ON AIRनेपाल खवर (उज्यालो)
  • विज्ञापन

नियमित उडानसंगै रामेछापमा पर्यटक आगमनमा वृद्धि

कार्तिक २७, मन्थली– रामेछापबाट सोलुका लागि बिभिन्न बिमान कम्पनीहरुले नियमित उडान भर्न थालेपछि रामेछापमा पर्यटकहरुको आगमनमा बृद्धि हुदै जान थालेको छ । यस अघि यो सिजनमा सुनसान हुने गरेको रामेछापमा तारा एयर, समिट एयर र सिता यएर लगाएतका उडान कम्पनीहरुले काठमाण्डौ –रामेछाप –सोलु नियमित उडान भर्न थालेपछि जिल्लामा बिदेशी तथा स्वदेशी पर्यटकहरुको आमगनमा बृद्धि हुन थालेको हो ।बिमान कम्पनीहरुले रामेछापको मन्थलीसम्म केहि पर्यटकहरुलाई हवाइजहाज त केहिलाई गाडिमा ल्याइदिने र मन्थलीबाट हवाइजहाजमा सोलुको लुक्लामा लगिदिने गरेका कारणपनि रामेछापमा पर्यटकहरुको आगमनमा बृद्धि हुदै गएको हो ।


प्राइभेट विमान कम्पनीले काठमाण्डौका विमानस्थलमा भिडभाड बढी हुने र हवाइ ट्राफिक जाम हुने भएपछि काठमाण्डौको विकल्पका रुपमा मन्थली विमानस्थललाई प्रयोग गर्न थालेपछि असोज महिनाको बिच देखि नै पर्यटकहरुको चाप बढ्दै गएको मन्थली विमानस्थलले जनाएको छ । हिजो आज दैनिक रुपमा मन्थली विमानस्थलबाट सोलुखुम्बुका लागि दिनमा २४ वटा सम्म उडानहरु भर्दा दिनमा कम्तिमा पनि ३ सय २९ जना बिदेशी पर्यटक हरु उडने गरेका छन् । मन्थली बिमानस्थल बाट सोलुको लुक्लाका लागि दैनिक रुपमा घटिमा १० वटा उडा्न र बढिमा २४ वटा उडान हुने गरेको नागरिक उड्यन प्राधिकरण रामेछापका प्रमुख केदार सत्यालले बताए । 


सिता र तारा एयरलाइन्सले काठमाण्डौ देखि सोलुखुम्बुको उडानका लागि पर्यटकहरु सडक मार्ग हुदै मन्थली र्पुयाएर मन्थली विमानस्थलबाट मात्र सोलुका लागि उडान गर्न थालेपछि मन्थली बजार र बिमानस्थल वरपर चहलपहल बढनुका साथै साझ बिहान होटलमा पर्यटकहरु बस्ने गरेका कारण ब्यबसायिहरुलाई समेत फाइदा पुगेको छ ।
 

प्रतिकृया दिनुहोस

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका