• ON AIRसाझा खवर (CIN)
  • नेपाल दर्पण (उज्यालो)

रामेछापको भिरपानीमा बस दुर्घटना,२ जना घाइते

कात्तिक २५,मन्थली– रामेछापको खाँडादेवि गाउँपालिका वडा नं.–३ भिरपानीमा आईतबार विहान यात्रुवाहक बस दुर्घटनामा परेको छ । दोरम्बा गाउँपालिकाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ ख ६५८१ नम्बरको यात्रुवाहक बस  भिरपानीमा दुर्घटना हुँदा बसमा सवार २ जना घाइते भएका छन ।

दुर्घटनामा परी घाइते हुनेहरुमा खाँडादेवि गाउँपालिका वडा नम्बर ६– माकादुमका २१ वर्षका श्याम खत्री र दोरम्बा गाउँपालिका वडा नं.–७ घर भएकी ७ वर्षिय बालीका रेजिना घतानी रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । प्रहरीका अनुसार करिब ४० जना यात्रु सवार उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको हो । अन्य यात्रुहरु भने सकुशल नै रहेका छन  ।
 

प्रतिकृया दिनुहोस

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना