• ON AIRनेपाल खबर (उज्यालो)
  • कार्यक्रम सिने सन्सार (प्रशान्त हायू)

२५१ औँ विजयोत्सवको अवसरमा सिन्धुलीगढी किल्लाको पुनर्निर्माणको उद्घोष

कात्तिक २५,सिन्धुली– साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाई ऐतिहासिक सिन्धुलीगढी किल्लामा नेपाली वीर गोर्खाली सेनाहरुले परास्त गरेको शनिवार २५१ वर्ष पुरा भएको छ । व्रिटिस अंग्रेज फौजसंगको युद्धलाई जितेको २५१ वर्षपछि ऐतिहासिक सिन्धुलीगढी किल्लाको पुनर्निर्माणको उद्घोष समेत शनिवार नै गरिएको छ । सिन्धुलीगढीमा आयोजित विजय उत्सव कार्यक्रममा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरीक उड्यान मन्त्री रविन्द्र अधिकारीले साम्राज्यबादी व्रिटिस अंग्रेज फौजसंगको युद्धलाई जितेको २५१ वर्षपछि ऐतिहासिक सिन्धुलीगढी किल्लाको पुनर्निर्माणको उद्घोष गरेका हुन ।


मन्त्री अधिकारीले सिन्धुलीगढीमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दै देशकै प्रमुख पर्यटन गन्तब्यका रुपमा विकास गर्नेगरी सिन्धुलीगढी क्षेत्रको पुनर्निर्माण अभियानको थालनी भएको उद्घोष गरेका छन्। मन्त्री अधिकारीले पुनर्निर्माणका लागि एक साताभित्रै टेण्डरको आह्वान गर्न स्थानीय सरकारको रुपमा रहेको कमलामाई नगरपालिकालाई निर्देशन समेत दिएका छन् । मन्त्री अधिकारले सगरमाथाको भन्दा पनि उच्च गरिमा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व अनुसार नै पुनर्निर्माण गरिने बताउदै गढी किल्ला र गढी दरबारको पुनर्निर्माणका लागि लाग्ने बजेटको अभाव नहुने प्रष्ट पारे ।मन्त्री अधिकारले प्रकृया पुरा गरेर आगामी दुई वर्ष्भित्रै सम्पन्न गर्ने गरी एक हप्ताभित्रै टेण्डरको आह्वान गर्न कमलामाई नगरपालिकालाइ आग्रह गरेका छन् । यदीप्रक्रिया पुरा गर्न समय लागेमा ढिलोमा एक महिनाभित्र टेण्डर गरिसक्न निर्देशन दिएका छन् ।


मन्त्री अधिकारीले नेपाली भुमि हडप्दै नेपाललाई पनि उपनिवेश बनाउँन आएका अंग्रेज फौजलाई परास्त गरेर नेपाल र नेपालीको शिर उच्चा राख्न सफल ऐतिहासिक सिन्धुलीगढी किल्ला अव देशकै प्रमुख पर्यटकीय गन्तब्य बनाउँन केन्द्रीय सरकार प्रतिबद्ध भएको जनाए । सिन्धुलीगढीको पुनर्निर्माणका लागि कमलामाई नगरपालिकाको पहलमा गैर आजासी नेपाली संघले (एनआरएन) हालैमात्र गुरुयोजना निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरि सकेको छ । उक्त गुरुयोजनामा सिन्धुलीगढीको पुनर्निर्माणका लागि १७ करोड रुपैयाँ लाग्ने उल्लेख गरिएको छ । सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाइ हराएको ऐतिहासिक स्थल हो ।
 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र