• ON AIR

दोरम्बा गाउँपालिकाका ५ सय ९ जनाले लिए नयाँ नागरिकता

कार्तिक २०,रामेछाप– नागरिकहरुको सहजताका लागी जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको दोरम्बा गाउँपाकिलामा आयोजना गरेको दुई दिने घुम्ती नागरिकता वितरण शिविरबाट पालिकाका ५ सय ९ जनाले नागरिकता लिएका छन् । दोरम्बा गाउँपालिकासँग समन्वय गरेर गाउँपालिकाको केन्द्रमा कात्र्तिक १८ र १९ गते दुई दिन सञ्चालन गरिएको सो शिविरबाट पालिकाभित्रका उमेर पुगेका २ सय ७३ जना महिला र २ सय ३४ जना पुरुष गरी ५ सय ९ जनाले नागरिकता लिएका हुन् ।


गाउँपालिकाको केन्द्र टोकरपुरमा सञ्चालन गरिएको शिविरबाट नागरिकता लिने मध्ये २२ जना सीमान्कृत थामी समुदायका नागरिकहरु पनि रहेका छन् । नागरिकता प्राप्त गर्न साथ अव उनिहरुले सरकारले प्रदान गर्ने मासिक एक हजार रुपैयाँ भत्ता पनि प्राप्त गर्ने रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार मतदाता नामावलीमा नाम समावेश नभएका ति ५ सय ९ जनाले फोटो सहितको मतदाता परिचयपत्रको लागि फोटो पनि खिचाएका छन् ।


नागरिकता बनाउनका लागी घण्टौ लाएर सदरमुकाम मन्थली धाउनु पर्ने ग्रामिण भेगका नागरिकहरुको बाँध्यता हटाउनका लागी जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका प्रत्यक स्थानिय तहसंग समन्वय गरेर ठाउँठाउँमा घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।  
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर