• ON AIR

महिलाको हत्या आशंकामा २३९ जनाको उजुरी

कातिक २०,रामेछाप– रामेछापको लिखु तामाकोसी गाउँपालिकामा सोमबार आत्महत्या गरिएकी भनिएकी झलमाया श्रेष्ठको हत्याको आशंका गरिएको छ । उनले आत्माहत्या गरेको नभइ हत्या गरिएको भन्दै गाउँपालिकाका अध्यक्ष, दुईजना वडाध्यक्षसहितका स्थानीयले प्रहरीमा उजुरी गरेका छन् । लिखु तामाकोशी गाउँपालिका–४ धोबी बजारकी ४० वर्षीया झलमाया श्रेष्ठको शव सोमबार बिहान उनकै घरको धुरीबलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलाई हत्यापछि झुण्ड्याएको भन्दै उनका पति धननारायण श्रेष्ठ र सोही स्थानकी गोपिनी कार्कीका विरुद्ध गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, वडा नं ३ र ४ का वडाअध्यक्षहरु सहित २३९ जना स्थानियले प्रहरीमा उजुरी दिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।


मृतक महिलाले अघिल्लो दिन पतिले कुटपिट गरी मार्न खोजेको भन्दै बचाउन बजारमा हारगुहार गरेकी थिइन् । उनले पतिले आफूलाई मारेर आत्माहत्या गरेको भन्न सक्ने भन्दै बचाउनको लागि स्थानीयलाई अनुरोध गरेकी थिइन् । उनले बजारमा सहयोग मागेको स्थानीयले बताए पनि कसैले प्रहरी कार्यालयमा उजुरी भने नदिएको जिल्ला प्रहरी कार्याल रामेछापका प्रवक्ता शेख अदालतले बताए ।


गाउँपालिका प्रमुख गोबिन्दबहादुर खड्का, वडा नम्बर ३ र ४ का अध्यक्षसहित स्थानीय २ सय ३९ जनाले उनको हत्या भएको हुनसक्ने भन्दै संयुक्त हस्ताक्षर गरी प्रहरीलाई उजुरी गरेपछि धननारायन र गोपिनीलाई प्रहरीले सोमबारै पक्राउ गरेको छ । दुई जना मिलेर उनको हत्या गरेको भन्दै स्थानीयबासिले उनीहरुलाई कालोमोसो लगाउन खोजेका कारण दुबै जनालाई सुरक्षाको लागि पनि नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।


शवको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा पोष्टमार्टम भएको छ । श्रेष्ठ र कार्कीलाई पनि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । पीडित परिवारले शव बुझ्न मानेका छैनन् । गाउँपालिका अध्यक्ष खड्काले उनको हत्या नै भएको बताउँदै यस बारेमा गम्भीर अनुसन्धान गर्नु पर्ने बताए । 
 

प्रतिकृया दिनुहोस

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका