• ON AIRपुराना लोक गितहरु
  • तिफदी समाचार

प्रशासनले भन्योः–“राति १० बजेपछि देउसी भैलो नखेल्नु”

कातिक २०,रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारको समयमा राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।  सोमबार एक सुचना जारी गर्दै रामेछाप प्रशासनले रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी,भैलो खेल्न आग्रह गरेको हो । 


त्यस्तै जिल्ला प्रशासन कार्यालयले तिहारको समयमा पटका, भुईचम्पा, आतासबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटक पदार्थहरुको उत्पादन ओसार–पसार, विक्री वितरण तथा प्रयोग नगर्न पनि आग्रह गरेको छ । अमर्यादित कार्यबाट सर्वसाधारणलाई त्रसित बनाउने काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने प्रशासनद्धारा जारी सुचनामा उल्लेख छ । चार्ड पर्वमा मनोरञ्जन गर्ने बाहनामा जुवा, तास जस्ता खेलहरु खेल्ने÷खेलाउने, अबैध मदिराको विक्री वितरण गर्नेमाथि पनि कारवाही हुने जनाईएको छ । 


रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले मादक पदार्थको सेवनबाट झै–झगडा, हुलहुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकोले यस्तो निर्णय गरिएको बताउनुभयो । तिहारको समयमा म्याद नाघेका एवं गुणस्तरहीन अखाद्य बस्तुहरु विक्रि वितरण गर्ने, अस्वभाविक मुल्य वृद्धि गरी कालो बजारी गरेको पाइएमा व्यवसायीमाथी पनी कारवाही हुने प्रजिअ शर्माले बताउनुभयो । प्रजिअ शर्माका अनुसार सामाजिक संस्थाका नाममा विभिन्न पेशा एवं व्यवसायीहरुबाट चन्दा रकम उठाउने कार्य गर्नेमाथी पनि कारवाही हुनेछ । 


यस्तै रामेछाप प्रशासनले सार्वजनिक यातायातमा तोकिए भन्दा बढी भाडा असुल गर्नेलाई पनि कारवाही गर्ने भएको छ ।सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु बोक्ने र बढि भाडा असुल गर्ने सवारीलाई ‘अन द स्पर्ट’ कारवाही गरिने जनाएको हो । सूचनाको बर्खिलाप गरी कसैले गलत काम गरेको पाइएमा कडा कारवाही हुने चेतावनी पनी प्रशासनको सुचनामा दिईएको छ । 
 

प्रतिकृया दिनुहोस

लेखापरीक्षणमा समस्या हुँदा समयमा औषधी खरिद गर्न सकेनौंः स्वास्थ्य शाखा प्रमुख महतो

२० वैशाख २०८१, बिहीबार रामेछाप– लेखापरीक्षणमा समस्या हुँदा दोरम्बा सैलुङ गाउँपालिकाले समयमा औषधी खरिद गर्न नसकेको पाइएको छ ।  चालु आर्थिक वर्षको

स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधी छः स्वास्थ्य शाखा प्रमुख सुनुवार 

१९ वैशाख २०८१, बुधवार रामेछाप– उमाकुण्ड गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधी भएको पाइएको छ ।   गाउँपालिका अन्तर्गतका

जिल्ला प्रशासन कार्यालय रामेछापबाट २ करोड ९१ लाख बढी राजस्व सङ्कलन

१८ वैशाख २०८१, मङ्गलवार रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले ९ महिनाको अवधिमा २ करोड ९१ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष आव