• ON AIRटिफिन टाईम
  • तिफदी समाचार

प्रशासनले भन्योः–“राति १० बजेपछि देउसी भैलो नखेल्नु”

कातिक २०,रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारको समयमा राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।  सोमबार एक सुचना जारी गर्दै रामेछाप प्रशासनले रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी,भैलो खेल्न आग्रह गरेको हो । 


त्यस्तै जिल्ला प्रशासन कार्यालयले तिहारको समयमा पटका, भुईचम्पा, आतासबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटक पदार्थहरुको उत्पादन ओसार–पसार, विक्री वितरण तथा प्रयोग नगर्न पनि आग्रह गरेको छ । अमर्यादित कार्यबाट सर्वसाधारणलाई त्रसित बनाउने काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने प्रशासनद्धारा जारी सुचनामा उल्लेख छ । चार्ड पर्वमा मनोरञ्जन गर्ने बाहनामा जुवा, तास जस्ता खेलहरु खेल्ने÷खेलाउने, अबैध मदिराको विक्री वितरण गर्नेमाथि पनि कारवाही हुने जनाईएको छ । 


रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले मादक पदार्थको सेवनबाट झै–झगडा, हुलहुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकोले यस्तो निर्णय गरिएको बताउनुभयो । तिहारको समयमा म्याद नाघेका एवं गुणस्तरहीन अखाद्य बस्तुहरु विक्रि वितरण गर्ने, अस्वभाविक मुल्य वृद्धि गरी कालो बजारी गरेको पाइएमा व्यवसायीमाथी पनी कारवाही हुने प्रजिअ शर्माले बताउनुभयो । प्रजिअ शर्माका अनुसार सामाजिक संस्थाका नाममा विभिन्न पेशा एवं व्यवसायीहरुबाट चन्दा रकम उठाउने कार्य गर्नेमाथी पनि कारवाही हुनेछ । 


यस्तै रामेछाप प्रशासनले सार्वजनिक यातायातमा तोकिए भन्दा बढी भाडा असुल गर्नेलाई पनि कारवाही गर्ने भएको छ ।सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु बोक्ने र बढि भाडा असुल गर्ने सवारीलाई ‘अन द स्पर्ट’ कारवाही गरिने जनाएको हो । सूचनाको बर्खिलाप गरी कसैले गलत काम गरेको पाइएमा कडा कारवाही हुने चेतावनी पनी प्रशासनको सुचनामा दिईएको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर