• ON AIRतिफदी समाचार
  • राष्ट्रिय गितहरु

वर्तमान सरकारले जनचाहना अनुसारकै काम गरिरहेको छ : अर्थमन्त्री ढुंगेल

कातिक २०,रामेछाप– प्रदेश नं. ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश प्रसाद ढुँगेलले वर्तमान सरकारले जनचाहना अनुसार काम गरिरहेको बताउनुभएको छ । आर्थिक समृद्धि बिना मुलुकको विकास सम्भव नरहेको भन्दै मन्त्री ढुंगेलले अहिले केन्द्र सरकार र प्रदेश सरकार दुवैले जनताका चाहनाअनुसार नै आर्थिक समृद्धिका काम गरिरहेको बताउनुभयो । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछाप नगर समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा पार्टी कार्यालय उद्धघाटन कार्यक्रमलाई रामेछाप बजारमा सम्बोधन गर्दै मन्त्री ढुंगेलले वर्तमान सरकार अस्थायी नभई ५ वर्षका लागि स्थायी सरकार भएकाले अब मुलुक आर्थिक समृद्धिसहितको विकासमा अघि बढ्ने बताए ।


फरक प्रसंगमा मन्त्री ढुंगेलले रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकालाई पुष्पलाल नगरपालिका बनाईने बताउनुभयो । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पालाल श्रेष्ठ र राणशासन अन्त्यका निमित्त बलिदानी दिएका शहिद गंगलाल श्रेष्ठको जन्मथलो समेत रहेकाले रामेछाप नगरपालिकालाई पुष्पलाल नगर बनाउनुपर्ने ढुंगेललको मत छ । पुष्पलालको जन्मथलोलाई अन्तराष्ट्रियरुपमा चिनाउन पनि नगरपालिकाको नाम परिवर्तन गरि पुष्पलाल राख्नुपर्ने मन्त्री ढुंगलेको भनाई थियो । अर्थमन्त्री ढुंगेलले पुष्पलाल र गंगालालको जन्मथलो भंगेरीमा अन्तराष्ट्रिय केन्द्र बनाइने पनि दोहो¥याउनुभयो । भंगेरीमा पुष्पलाल अन्तराष्ट्रिय केन्द्र बनाएर स्वदेशी एवं विदेशी पर्यटकहरु भित्र्याएर रामेछापमा पर्यटन प्रर्बद्धन गराउने कार्यमा आफू र प्रदेश सरकार लाग्ने प्रतिवद्धता पनि मन्त्री ढुंगेलले व्यक्त गर्नुभयो । 


कार्यक्रममा रामेछापको प्रदेश ‘क’ का सांसद शान्ति प्रसाद पौडेलले  वर्तमान सरकारको नारा “सुखी नेपाली, सम्वृद्ध नेपाल” साकार हुने गरी काम भइरहेका बताउनुभयो । जनमत अनुसार काम गर्न सरकार हरदम लागि परेको सांसद पौडेलको भनाइ थियो । शुभ दिपावली,छठ तथा नेपाल संवतको  अवसरमा आयोजित शुभकामना आदन–प्रदान एवं नगर पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा संविधान सभाका सदस्य एवं. नेकपाका नेता तारा नारायण श्रष्ठ ,नेकपाका केन्द्रिय सदस्य देवशंकर पौडेल, नेता मैन कुमार मोक्तान लगायत नेकपाका जिल्ला तथा स्थानिय नेता तथा कार्यकर्ताहरुकोे उल्लेख्य सहभागिता रहको थियो ।
 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा