• ON AIR

मन्थलीबाट जुवातास खेल्ने तिन जना पक्राउ

कातिक १८,मन्थली– चाडपर्वलाई मध्य–नजर गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले जुवातास नियन्त्रणको अभियानलाई अगाडि बढाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशन र जिल्ला प्रहरी कार्यालय रामेछापको सक्रियतमा रामेछाप जिल्लाभर जुवातास नियन्त्रणको अभियान अगाडि बढाइएको हो ।

 

सदरमुकाम मन्थलीमा लुकिछिपी व्यवासयिक रुपमा नै तास खेलाउने सूचनाको आधारमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको बताएको छ । प्रहरीले सदरमुकाम मन्थली बजारबाट तास खेल्ने क्रममा खाँडादेवी गाउँपालिका–८ का बर्ष ३३ का रमेश तामाङ,मन्थली नगरपालिका–१ का रामबहादुर पुरी, दोरम्बा गाउँपालिका–१ डडुवाका प्रेम लामा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।


जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले सामाजिक विकृतिको रुपमा अनाधिकृत रुपमा हुने गतिविधि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा