• ON AIRटिफिन टाईम
  • तिफदी समाचार

उदयपुरको कटारीमा प्रहरी र स्थानीयबीच झडप, ४ जना घाइते

कात्तिक १८, उदयपुर – उदयपुरको कटारी नगरपालिका वडा नं. ४ स्थानीय र प्रहरीबीच झडप भएको छ ।  कसमस सिमेन्ट उद्योगको चुनढुंगाको विषयलाई लिएर विवाद हुँदा कटारीको मरुवा खोलामा प्रहरीले महिलामाथि हातपात र लाठ्ठी चार्ज गरेको  स्थानीयको आरोप छ ।  डीएसपी ध्रुवकुमार श्रेष्ठको कमाण्डमा रहेको टोलीले स्थानीय महिलामाथि हातपात गरी लाठी चार्ज गरेको स्थानीय रिसव पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गएको तीन चार दिनदेखि कसमस सिमेन्ट र स्थानीयबीच विवाद थियो, । ‘स्थानीयले रोकेर राखेको टिप्पर खुलाउन गएको प्रहरीले स्थानीयलाई मार्ने धम्की दिँदै लाठी चार्ज गरेको हो ।’


प्रहरीको लाठी लार्जले कटारी नगरपालिका ४ मरुवा खोलाकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले बताउनुभयो । ‘प्रहरीले रक्सी खाएर शनिबार राति रोकेको टिप्पर खुलाउने वाहानामा स्थानीय महिलामाथि कुटपिट गरी घाइते बनाएको उहाँले बताउनुभयो । प्रहरीले शरीरका विभिन्न भागमा हिर्काउनुकासाथै उनीहरुको कपडासमेत च्यातिदिएको र  गालीगलौज गरेको घाइते राधिका राउतले बताउनुभयो । 


इलाका प्रहरी कार्यलयका डिएसपी ध्रुवकुमार श्रेष्ठले चुनढुंगाको टिप्पर संचालनमा रोक लगाउँदै एउटा भीड जम्मा भएको थियो त्यही भीड खुलाउने क्रममा लाठी चार्ज गर्नुपरेको र केही महिलाहरु घाइते भएको स्वीकार्नुभयो ।  जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राई र उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आफूलाई घट्नाको बारेमा थाहा नभएको जानकारी  दिनुभयो । झडपमा घाइते ४ महिला कटारी अस्पतालमा उपचारपछि घर फर्केका छन् भने अन्य ४० जना महिला भागदौडमा सामान्य घाइते भएका छन् । 
 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र