• ON AIR
  • स्टेशन सुभारम्भ

१७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ

कात्तिक १५,दाङ– जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रोल्पाको माडी गाउापालिका–१ का २१ वर्षीया दलबहादुर पुन छन् ।


विशेष सुराकीका आधारमा उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले बताए । उनका अनुसार घटना भएको २१ दिनपछि अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।


उनले केही रिचार्ज कार्ड विक्री गरिसकेको भेटिएको छ भने केही कार्डहरु बरामद समेत भएका छन् । उनीमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस

आज फागु पर्व, धुमधामसँग मनाइँदै

 ११ चैत २०८०, आइतवार रामेछाप– फागु पर्व, आज देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई

शैक्षिक कार्यतालिकाको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

९ चैत २०८०, शुक्रवार रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक कार्यतालिकालाई प्रभावकारी कार्यान्वयन गर्न दिर्नेशन दिनुभएको

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानतमा छाडियो 

९ चैत २०८०, शुक्रवार रामेछाप– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा