• ON AIRफिल्मी गितहरु
  • कार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा)

सन्दीपले पुर्‍याए पोखरा रंगशालामा आईसीसी विश्वकप ट्रफी

कात्तिक १०, कास्की – आईसीसी विश्वकप ट्रफी टुरको कार्यक्रम आज पोखरामा सञ्चालन हुँदैछ । पोखरा प्रिमियर लिगको खेलस्थल पोखरा रंगशालामा यो विश्वकप ट्रफीलाई पुर्‍याइएको छ । नेपाली युवा बलर सन्दीप लामिछानेले मैदानमा ट्रफी लगेका हुन् । 

ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । पोखरा रंगशालामा केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालमा रहेको ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफीलाई ओमान अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश भ्रमण गराइसकिएको छ ।

नेपालपछि ट्रफी भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै बेलायत लगिनेछ । यसबीचमा ट्रफीले २१ देशका ६० शहरको भ्रमण गर्नेछ ।

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल