• ON AIRपुराना लोक गितहरु
  • तिफदी समाचार

बालबालिकाको पठनपाठनमा कसरी प्रभावकारी हुनसक्छ ?

कात्तिक ८,मन्थली– 
हामीलाई थाहा छ, बच्चालाई पढाउनुपर्छ । त्यसैले विद्यालय पठाउँछौं । किन पढाउने भन्ने विषयमा अब चर्चा गरिरहनु आवश्यक छैन । शिक्षादिक्षा पाएपछि छोराछोरी असल हुन्छन्, सफल हुन्छन्, सक्षम हुन्छन् भन्ने हामीलाई थाहा छ । तर, यसका माध्याम विद्यालय मात्र होइन । वा पाठ्यपुस्तकले मात्र विद्यार्थीले समग्र शिक्षा पाउँछन् भन्ने कुरामा ढुक्क हुन सकिदैन । यद्यपी हामीमा रेडिमेड धारणा छ, छोराछोरीलाई विद्यालय पठाउनुपर्छ । पढाउनुपर्छ ।

सही हो, पठन(पाठनले उनीहरुले धेरै कुरा जान्दछन् । नयाँ(नयाँ कुराको ज्ञान हुन्छ । नजानेका कुरामा स्पष्ट हुन्छन् । हामीले बच्चालाई जान्नका लागि, सिक्नका लागि विद्यालय त पठाउँछौं तर उनीहरुले कसरी सिकिरहेका छन्, के सिकिरहेका छन् भन्ने कुरामा ख्याल गर्दैैनौं ।

कसरी सिक्छन् बच्चाले ?

हामी जे सिकाउँछौं, त्यो कुरालाई बच्चाले कसरी सिकिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो । हामी उनीहरुलाई वर्णमाला घोक्न लगाउँछौं । अक्षर लेख्न सिकाउँछौं । अनुशासित हुन तालिम दिन्छौं । यस्ता कुराहरु जीवनोपयोगी त होला तर, त्यसलाई बच्चाले कसरी बुझिरहेका छन् । अर्थात कसरी ग्रहण गरिरहेका छन् भन्ने कुरा शिक्षक तथा अभिभावकले जान्नैपर्छ ।

विद्यालयमा भर्ना गराइदिएपछि छोराछोरी पढ्छन्, जान्ने हुन्छन्, जागिर खान्छन् भन्ने हाम्रो मानसिकता छ । तर, विद्यालयको पढाई स्तर कस्तो छ, कसरी पढिरहेका छन् भन्ने कुरामा हामी बेखबर हुन्छौं । कतिसम्म भने बच्चाको किताव वा कपी समेत हेर्दैनौं ।

खराब पठन विधि

हाम्रो पठन शिक्षा कस्तो छ भने, एकै ठाउँ सबै विद्यार्थीलाई राख्ने । उनीहरुलाई पुस्तकमा लेखिएको कुरा लेख्न, पढ्न, बोल्न सिकाउने । यसरी सिकाउँदा त्यो सिकाई प्रक्रिया कति प्रभावकारी छ भनेर चाहि जाँच गर्दैनौं ।यो कुरा किनपनि महत्वपूर्ण छ भने, सबै बच्चाको बुझ्ने वा ग्रहण गर्ने क्षमता एकनास हुँदैन । कोहि बच्चाले कुनैपनि कुरा चाडै बुझ्छन् भने, कति बच्चालाई त्यही कुरा बुझ्न कठिन भइरहेको हुन्छ । तर, हामी सबै बच्चाबाट समान नतिजा खोज्छौं । अझ कतिसम्म गर्छौ भने, जान्ने बच्चासँग तुलना गरेर अरु बच्चालाई होच्याउने गरिन्छ । यसले बच्चालाई थप प्रगति गर्न उक्साउँदैन । बरु हतोत्साही गर्छ ।

हरेक बच्चा आफैमा विशेष हुन्छन्

हरेक बच्चाको आ(आफ्नै विशेषता हुन्छ । उनीहरुको क्षमता पनि भिन्न भिन्नै हुन्छ । बुझ्ने र सुन्ने तरिका फरक हुन्छ । बुझेको कुरालाई व्यक्त गर्ने ढंग पनि एकनास हुँदैन । त्यसैले सबै बच्चाबाट समान रुपमा पढाउने र समान रुपमा त्यसको नतिजा खोज्ने हाम्रो पुरातन शैली आफैमा अवैज्ञानिक छ ।

अभिभावकको अपेक्षा, बच्चाको भार

बच्चाले होमवर्क गरेन वा गर्न जानेन, पढेको कुरा बुझेन, पढ्न मानेन भन्ने कुराले अभिभावकको टाउको दुखाइरहेको हुन्छ । अक्सर अभिभावक के चाहन्छन् भने, बच्चाले राम्ररी होमवर्क गरोस् । पढाईमा तगडा होस् । परीक्षामा राम्रो नतिजा हासिल गरोस् । शिक्षक(शिक्षिकाले आफ्नो बच्चाको तारिफ गरोस् ।

त्यही कारण अभिभावकहरु बच्चालाई जसरी हुन्छ, पढाईमा तल्लिन बनाउन चाहन्छन् । विद्यालय आउनसाथ होमवर्क गराउने गर्छन् । होमवर्क गर्नैपर्छ, हरेक प्रश्नको सही ढंगले उत्तर दिनैपर्छ भन्ने किसिमको मानसिकता बनाइएको हुन्छ । यसले बच्चालाई उत्प्रेरित गर्ने भन्दा बढी दवाव पैदा गरिरहेको हुन्छ ।

दवाव होइन, उत्प्रेरणा

पढाईका लागि बच्चामा दवाव पैदा गर्नु हुँदैन । तर, यसको अर्थ यो पनि होइन कि, उनीहरुलाई लापरवाही व्यवहार गर्न छुट दिने । बच्चाहरुलाई जबरजस्ती वा वाध्यत्मक परिस्थितीमा पढाउने होइन । उनीहरुलाई त प्रेरित गर्नुपर्छ । उत्प्रेरणा जगाइदिनुपर्छ । बच्चालाई पठन(पाठनको लागि यसरी प्रेरित गरौं कि, उनीहरु स्वतस्फूर्त पढाईमा ध्यान दिने होस् ।

कसरी बच्चालाई पढाईमा प्रेरित गर्ने त ?

यो भने बच्चाको स्वभाव, प्रवृत्ति, क्षमतामा निर्भर गर्छ । उनीहरुको स्वभाव अनुसार भिन्न भिन्नै ढंगले पढाईमा प्रेरित गर्नुपर्छ ।

आदेश र उपदेश भन्दा उदाहरण ठिक

बच्चालाई ‘पढ’ भनेर आदेश दिने, पढाईको महत्वबारे उपदेश दिने कुरा त्यती प्रभावकारी नहुन सक्छ । यस्ता कुरा उनीहरुलाई पट्यारलाग्दो लाग्न सक्छ । दवावमुलक लाग्न सक्छ । तर, अभिभावक आफै उनीहरुसँग पढाईमा सामेल हुने, रमाइलो माहौलमा पढ्न सिकाउने, बुझाउने हो भने त्यो निकै प्रभावकारी हुनसक्छ । बच्चालाई उपदेश दिएर होइन, उदाहरण बनेर वदल्न सकिन्छ । यसका लागि अभिभावकको जिम्मेवारी मूख्य हो ।

हामीले बच्चालाई पठनपाठनको क्रममा गलत ढंगले प्रयोग गरिरहेका छौं । पठन पाठन गर्ने विधी सही छैन । हामी उनीहरुलाई डर, त्रास देखाएर पढ्न लगाउँछौं । वा लोभ देखाएर । अनुशासनको नाममा पनि हामी उनीहरुलाई यान्त्रिक बनाइरहेका हुन्छौं । यसले क्षणिक नतिजा दिन सक्ला । बच्चाले खराखर होमवर्क गर्न सक्छ, परीक्षामा नतिजा पनि राम्रो आउन सक्छ । तर, बच्चाको मानसिक विकास समूचित ढंगल हुँदैन । उनीहरु यान्त्रिक बन्छन् । पढाईलाई बोझको रुपमा लिन्छन् । यो कुराले उल्टो नतिजा दिनसक्छ । बच्चालाई धम्की दिने, डर त्रास देखाउने, लोभ देखाउने होइन । हरेक कुरा स्वतन्त्र ढंगले सिकाउनु पर्छ । यस्ता सिकाइ जीवनोपयोगी हुनसक्छ ।

प्रतिकृया दिनुहोस

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

१० चैत २०७९, शुक्रवार रामेछाप– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनु हुने भएको छ । शुक्रवार दिउँसो १ बजे बस्ने

संविधानलाई भष्म पार्ने प्रयास

महेश आचार्य १२ असोज, २०७९ वितेका केही दिनदेखि नागरिकता विधेयकका विषयमा व्यापक बहस छ, जुन अस्वाभाविक ढंगले सत्य भन्दा पनि तल गएर प्रचारात्मक ढंगले

जनप्रतिनीधिको खर्च विवरण र आयोगको निर्णय

वृषेशचन्द्र लाल १२, असोज २०७९ निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सहभागी भएका १ लाख २३ हजार ६ सय ५० जना उम्मेदवारहरुलाई निर्वाचनको खर्च विवरण बुझाउन