• ON AIR
  • तिफदी समाचार

दोलखामा नेकपाको जिल्ला कार्यालय उदघाटन

कात्तिक ७,दोलखा– तत्कालिन नेकपा एमाले र एकिकृत नेकपा माओवादी वीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि दोलखामा पहिलो पटक जिल्ला स्तरीय कार्यालय उद्घाटन भएको छ । दोलखा सदरमुकाम चरिकोट स्थित तत्कालिन एमालेको जिल्ला पार्टी कार्यालय रहेको मनमोहन स्मृति भवनमा नेकपाको जिल्ला कार्यालय उद्घाटन गरिएको हो ।

 
नेकपाका केन्द्रिय सदस्यद्धय पार्वत गुरुङ र देवी खड्काले नेकपाको झण्डा, झण्डोत्तलन गरी जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्दै नेकपाका केन्द्रिय सदस्य पार्वत गुरुङले पार्टी एकिकरणको अभियानलाई तल्लो तहसम्म पु¥याउनका लागि ‘फास्ट ट्रयाक’ वाट कार्यालय उद्घाटन गरिएको बताउनुभयो । उहाँले प्रस्तावित जिल्ला कमिटी र सचिवालयमा समेत धेरै नेताहरु छुटेको भन्दै नगर, गाउँपालिका र वडा तहसम्म पार्टी एकिकरण गर्दा क्षमता, योग्यता, क्रियाशिलता, लगानी र इतिहासलाई हेरेर जिम्मेवारी दिईने बताउनुभयो ।


कार्यक्रममा बोल्दै नेकपाकी केन्द्रिय सदस्य एवँ पूर्व राज्यमन्त्री देवी खड्काले पार्टी कार्यालय उद्घाटनसँगै स्थानीय तहसम्म तत्कालिन दुवै पार्टी कमिटीलाई एकिकरण गरी राजनैतिक, सामाजिक र विकास निर्माणको कामलाई अघि बढाउने अभियानको सुरुवात भएको बताउनुभयो । उहाँले एक महिनाभित्र सवै पार्टी कमिटी एकिकरण भईसक्ने भन्दै नयाँ उत्साहका साथ पार्टी निर्माणको अभियानमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन