• ON AIRबदलिदो नेपाल
  • लोक लहरी (प्रशान्तको साथमा dohori competition)

‘छक्का पञ्जा ३’ स्पेनका चार शहरमा प्रदर्शन हुँदै

कात्तिक ७,काठमाडौँ– फिल्म ‘छक्का पञ्जा ३’ नेपालका हलहरुमा चलिरहेको छ । यो फिल्म अब भने अन्तर्राष्ट्रिय शो हरु पनि सुरु हुने भएको छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशित गरेका फिल्म ‘छक्का पञ्जा ३’ अब स्पेनमा प्रदर्शन हुदैछ । पछिल्लो क्रम स्पेनमा नेपाली फिल्मको मार्केट फस्टाउँदै गएको छ । जसले गर्दा स्पेनमा एकपछि अर्को गर्दै हरेक महिना जसो नेपाली फिल्म प्रर्दशन हुने क्रम बढ्दो छ । कम्पनी सारा इभेन्ट इन्टरटेन्मेन्टले ‘छक्का पञ्जा ३’ लाई स्पेनको चार सहरमा प्रर्दशन गर्ने भएको हो ।


‘छक्का पञ्जा ३’ को प्रर्दशन सारा इभेन्टका मेघनाथ ढकालले स्पेनको राजधानी म्याड्रीडसँगै बार्सिलोना, बेनिड्रोम र विल्वाओ गरि चार शहरमा निश्चित भएको बताए । छक्का पञ्जा ३’ को प्रर्दशन नोभेम्बर ५ मा बेनिड्रोममा , नोभेम्बर ११ तारीखमा म्याड्रीडमा र अन्य दुइ शहरको प्रदर्शन मिति तय हुन बाँकी रहेको उनले बताए । दीपकराज गिरी र दीपिका प्रसाईँका साथै, केदार घिमिरे, जितु नेपाल, बुद्घि तामाङ, प्रियंका कार्की, नीर शाह लगायतका कलाकारहरु फिल्मको लिड अभिनयमा छन् । फिल्मले नेपालका हलहरुमा सफल्ता प्राप्त गर्न सफल भएको छ।

प्रतिकृया दिनुहोस

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र

नवीन योगी सङ्ग निरा छत्यालको अन्तिम सहकार्य, गीत भोलि रिलिज हुँदै

२९ पुस, २०८० आइतबार  रामेछाप- सर्जक नवीन योगीको सहकार्यमा स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते (भोलि) रिलिज हुने भएको छ । स्वर्गीय

वृहत् रामेछाप महोत्सवको आज चौथो दिन यी कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप– “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म