• ON AIRफिल्मी गितहरु
  • लोक लहरी (प्रशान्तको साथमा)

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

कात्तिक ७,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो शनिबार गर्न लागेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए । 


गएको वर्ष सङ्घ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन । चियापानको तयारीबारे आज नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गर्नुभयो । चियापानका लागि नेकपाले झण्डै ५० हजारलाई निम्ता गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चियापानमा झण्डै ३५ हजार सहभागी हुने छन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ । 

केन्द्रीय सदस्य श्रेष्ठले दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बताउनुभयो । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुने छन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरिने छ ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन