• ON AIR

सेलेघाट–रामेछाप यातायात संचालन गर्न सरोकारवालाको डेलीगेसन

आश्विन ८,रामेछाप– स्थानिय सरोकारवालाहरुले वर्षातका कारण अवरुद्ध वनेको सेलेघाट रामेछाप सडकमा यातायातका साधनहरु संचालन गर्न माग गरेका छन् । सोमवार रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटेर उनिहरुले अबरुद्ध सडक तत्काल सुधार गरि यातायातका साधनहरु संचालनमा ल्याउन माग गरेका हुन् ।

 मन्थली नगरपालिका वडा नं ६ निवासी जिल्ला समन्वय समिति रामेछापका सदस्य समेत रहेका रामवहादुर तामाङ, रामेछाप नगरपालिका वडा नं ९ का वडा अध्यक्ष चन्द्रवहादुर श्रेष्ठ र नेकपाका सचिव स्थानिय आनन्द श्रेष्ठ,शिशिर खड्गी लगाएतका सरोकारवालाहरुले नजिकीदै गरेको नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरी उक्त सडकमा देखिएका अवरोध, पहिरो हटाई तत्काल यातायातका साधन संचालनमा ल्याउन अनुरोध गरेका हुन् ।


प्रजिअ समक्ष डेलिगेसन गएको टोलीले उक्त सडक अवरुद्ध भएसँगै सेलेघाट, रामेछाप र साँघुटार सम्मका सर्वसाधारण मर्कामा परेको भन्दै प्रजिअ शर्माको ध्यानाकर्षण गराएका छन् । डेलीकेशनको रुपमा गएको उक्त टोली समक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सडक डिभिजन कार्यालयका प्रमुख र यातायात व्यवसायीका प्रतिनिधिहरु सँग समेत टेलिफोन वार्ता गरी तत्काल समस्या समाधनका लागि अनुरोध गरेका थिए ।

सरकोवार वालाहरुको अनुरोध पछि प्रमुख जिल्ला अधिकारी शर्माले आएका मागप्रति आफू संवेदशिल रहेको भन्दै सम्वन्धीत नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय गरी तत्काल सडक सुधार गर्नुको साथै सेलेघाट देखी सालुको च्याउकेठाँटीसम्म सहजै रुपमा यातायातका साधनहरु संचालन गर्ने व्यवस्था मिलाउने जानकारी गराएको डिलीगेसन टोलीका सदस्य राजकुमार वम्जनले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर