• ON AIRहाम्रो समुदाय हाम्रो विकास
  • तिफदी समाचार

सडक स्तोरन्नती गर्दै रामेछाप नगरपालिका 

आश्विन ८,रामेछाप– रामेछापको रामेछाप नगरपालिकाले बर्षाको कारण खाल्डाखुल्डी भएका नगरभित्रका मुख्य सडकहरुको मर्मत सम्भार सुरु गरेको छ । वर्षाका कारण नगरभित्रका ग्रामीण सडकहरुमा सवारी सञ्चालन गर्न कठिनाई भएपछि सवारी आवागमनलाई सहज बनाउन नगरपालिकाले काम थालेको हो ।दशै अगाडि नै नगरका मुख्य सडक मर्मत गरीसक्ने गरी काम  गाडि बढाईएको नगर प्रमुख नर बहादुर थापा मगरले बताए । अहिले रामेछाप नगरपालिकाले आफनै स्काइभेटर प्रयोग गरी रामेछाप–सेलेघाट सडक खण्डको मर्मत गरिरहेको छ । 


दशैँमा आवतजावत गर्ने यात्रुको सहजतालाई ध्यानमा राखेर पहिलो चरणमा नगरभित्रका मुख्य सडकहरु मर्मतको काम थालिएको र दोश्रो चरणमा नगरका अन्य सहायक सडकहरु पनि मर्मत गरिने नगरप्रमुख थापा मगरले बताए । नगरभित्रका स्थानियले सडकमा खाल्डा खुल्डी हुदाँ सवारी दुर्घटनाको सम्भावना बढेको भन्दै भन्दै गुनासो गरेपछि नगरपालिकाले स्थानीयको आग्रहमा मर्मतको काम सुरु गरेको हो । रामेछाप नगरपालिकाले नगरभित्रका सडकको स्तरोन्नती र नयाँ सडकका लागी चालु आर्थिक वर्षमा करिव ६ करोड रकम विनियोजन गरेको छ । अगिल्लो आर्थिक वर्षमा पनि नगरपालिकाकाले त्यतिनै बजेट छुट्याएको थियो । 
 

प्रतिकृया दिनुहोस

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका