• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

कृषि क्षेत्रको विकास गर्न प्रतिबद्ध छौः अध्यक्ष तामाङ

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाभित्र कृषि क्षेत्रको विकास गर्नको लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले कृषि क्षेत्रको विकासबाट मात्र गाउँपालिकाको आर्थिक समृद्धि सम्भव भएकाले भौगोलिक अवस्था अनुसारको कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको हो ।

खाँडादेवी गाउँपालिका–७ टिमुमा रहेको सृजनशिल कृषक समुहले विगत एक बर्ष अघिबाट सुरु गरेको तरकारी खेतीको अवालेकन गर्ने अध्यक्ष तामाङले कृषिलाई आधुनिक प्रविधिसँग जोडेर लैजाने योजना गाउँपालिकाले बताएको बताउनुभयो । कार्यक्रममा खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष समेत रहेका गाउँपालिका प्रवक्ता पुष्कर कार्कीले गाउँपालिकाले कृषि क्षेत्रको विकास गर्नको लागि कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण