• ON AIRनेपाल दर्पण (उज्यालो)

चौँथो संबिधान दिबसमा रामेछापमा विभिन्न कार्यक्रम हुने 


रामेछाप – संविधानसभा बाट संविधान जारी भएको दिनको सम्झनामा असोज ३ गते अर्थात भोली देशैभर विभिन्न कार्यक्रम गरी चौँथो संविधान दिवस मनाईदैछ । रामेछाप जिल्लामा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने भएका छन् । सदरमुकाम मन्थलीमा बसेको संविधान दिवस आयोजक मुल समारोह समितिको बैठकले दिवसका अवसरमा आज,भोली र पर्सी तिन दिन दिपावली गर्ने निर्णय गरेको छ । 


संविधान जारी भएको दिन भोली भने सदरमुकाममा ¥यालीे समेत निकालिने छ । विहान मन्थलीस्थित वि.पी चोकबाट निस्कने बाजागाजा सहितको ¥याली विचबजार हुँदै बसपार्क ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत हुने दिवस आयोजक मुल समारोह समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम खड्काले जानकारी दिए । समितिले दिवसका अवसरमा आयोजित ¥यालिमा निजामति कर्मचारीहरुलाई अनिवार्य पोशाकमा उपस्थित हुन भनेको छ । सदरमुकाममा रहेका विभिन्न संघसंस्था,विद्यालय तथा सरोकारवालाई सवैलाई कार्यक्रममा उपस्थित हुन आग्रह पनि गरीएको छ । 


उता रामेछाप नगरपालिकाले पनि संविधान दिवसका अवसरमा तिन दिनसम्म साँझ दिपावली गर्न नगरपालिका अन्र्तगतका सवै वडाहरुलाई आग्रह गरेको छ । दिवसका दिन भोली नगरपालिकाको केन्द्रमा आयोजना हुने मुल कार्यक्रममा सहभागी हुन पनि सवैलाई आग्रह गरेको छ । रामेछापका अन्य स्थानिय तहले पनि संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रममा गर्दैछन् ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर