• ON AIR
  • स्टेशन सुभारम्भ

जबरजस्ती गर्न खोज्ने वृद्धाको हत्या गर्ने बालिकालाई १० दिन म्याद थप

मन्थली– रामेछाप नगरपालिका मुडाजोरका ६५ वर्षिय पुर्णबहादुर श्रेष्ठको हत्या आरोपमा पक्राउ परेकी एक बालिकालाई जिल्ला  अदालत रामेछापले अनुसन्धानका लागि १० दिन म्याद थप गरेको छ । भदौ २८ गते विहान ति बालिकाले श्रेष्ठले आँफुलाई जवरजस्ती गरेको र आँफुले सह्य नभएर रडले हानेर श्रेष्ठको हत्या गरेको भन्दै रामेछाप प्रहरीमा रड सहित आत्मसर्मपण गरेकी थिईन् । 

घटनाको स्थलगत अध्ययन, स्थानीयहरुसँगको सोधपुछ, बालिकासँगको  प्रारम्भिक बयानका आधारमा उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएकोले १० दिनका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र कुमार थापाले जानकारी दिए  । मृतक श्रेष्ठले बालिकामाथि जबरजस्तीको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  प्रहरीले जनाएको छ । यता मृतक श्रेष्ठका आफन्तले भने नियोजित रुपमै श्रेष्ठको हत्या भएको र बालिकालाई दोषी देखाएर मुख्य हत्यारा भने कानुनबाट बच्ने प्रपन्चमा लागेको आरोप लगाएका छन् । 

भदौबाट कार्यान्वयनमा आएको मुलुकी ऐनमा बालिका अभियुक्त साबित ठहरिय ५ महिना कैद वा १ बर्ष सम्मको सुधार केन्द्रमा राखिने कानुनी ब्यवस्था रहेको छ ।  त्यस्तै १४ बर्ष नाघेको बालवालिकाले कसुर गरेको प्रमाणित भएमा कुल सजायको आधा मात्र सजाय हुने मुलुकी ऐन २०७४ मा ब्यवस्था रहेको  छ  ।  
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर