• ON AIR
  • स्टेशन सुभारम्भ

पाँचौ परिवार नियोजन दिवसमा विभिन्न कार्यक्रम 

रामेछाप– आज सेप्टेम्बर १८ अर्थात पाँचौ परिवार नियोजन दिवस,रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय संगको समन्वयमा जिल्लाको रामेछाप नगरपालिकाले सचेतना ¥यालीको आयोजनाका साथै अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “किशोर किशोरीको सहभागिता,परिवार नियोजन सेवाको सुनिश्चितता” भन्ने मुल नाराका आयोजित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक जेतेन्द्र शाहले परिवार नियोजनको महत्वको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । परिवार नियोजन सुन्ने र सुनाउने विषय मात्र नभई स्वयं लागु गर्ने विषय भएको बताउदै निरिक्षक शाहले नियोजनको महत्वका साथै यसको प्रभावकारी प्रयोगतर्फ तर्फ केन्द्रित हुन सबैलाई आहवान गरे ।


कार्यक्रममा रामेछाप नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत ज्ञान बहादुर खड्काले परिवार नियोजनको सहज सेवाले जीवनस्तर सुधार र सहज हुने विश्वास व्यक्त गर्दै नगरको स्वास्थ्य सेवा तथा परिवार नियोजन सेवा प्रभावकारी बनाउन हर सम्भव पहल भइरहेको बताए । पाँचौ परिवार नियोजन दिवसका अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरु,नगरपालिकाका कर्मचारीहरु,चिकित्सक लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका