• ON AIRलोक लहरी (प्रशान्तको साथमा)
  • स्थानीय समाचार (मन्जु मगर)

एक महिनामा १० लाख भन्दा बढी राजश्व संकलन

मन्थली– रामेछापमा सवारी कारबाहीबाट भाद्र महिनामा १० लाख ४६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । एक महिनाको अबधीमा १ हजार ५ सय ६ सवारी साधन कारबाहीबाट राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका ईनिस्पेक्टर तथा प्रबक्ता राजेन्द्र कुमार थापाले जानकारी दिनुभयो । सवारीको गति सिमित गर्नको लागि अहिले मन्थलीमा राडर गनको प्रयोग गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय  र नेपाल प्रहरीको सक्रियतामा राडर गनकै कारण बजार क्षेत्रमा सवारीको गति  न्यून गरिएको ट्राफिक प्रहरी असही रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।

सवारीको गति न्यून भएपछि बजार क्षेत्रमा हुने दुर्घटनामा समेत कमी आएको छ ।  राडर गनको प्रयोगबाट सवारी चालकको जनचेतनामा अभिबृद्धि भएको र चालक अनुशासित भएको पनि प्रबक्ता थापाले जानकारी दिनुभयो । अहिले ट्राफिक प्रहरीको सक्रियता र नेपाल प्रहरीको सहयोगमा पैदलयात्रुहरुलाई सडक पेटिबाट हिडने बानिको विकासकोलागी अभियान सञ्चालन गरिएको छ ।  जनचेतना अभिबृद्धि गरि अझ ब्यवस्थीत बनाईने प्रबक्ता थापाको भनाई छ ।  
 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण