• ON AIR
  • तिफदी समाचार

सल्यानमा खोलाले बगाउदा दिदीभाईको मृत्यु 

भदौ ३१,सल्यान– सल्यानमा खोलाले बगाउँदा दिदी भाईको मृत्यू भएको छ । जिल्लाको दार्मा गाउँपालिका ६ मलिबाङ घर भएका उनीहरुको स्थानीय दार्मा खोलाले बगाउँदा मृत्यू भएको हो । स्थानीय पूर्णिमा केसी माईतीघर रुकुमबाट घर फर्कदैँ गर्दा हिजो बेलुका ७ बजे दार्माखोला तर्दा उहाँका १ छोरी र १ छोरा बेपत्ता भएका थिए । बेपत्ता २ बर्षिय छोरा मोहन केसीको करिब २ किमी तल शब फेला परेको थियो ।

यस्तै ६ बर्षिया छोरी रेखा केसीको घटनास्थल देखी ३ किमी तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोहनको शव राती नै भेटिएपनि रेखाको भने आज बिहान मात्रै शव फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा