• ON AIRजनजाति गितहरु
  • उज्यालो न्यूज

रामबहादुर बम्जनलाई बलात्कारको आरोप 

भदौ ३१,काठमान्डौ– लिटिल बुद्ध भनेर प्रचार गरिएका रामबहादुर बम्जनलाई बलात्कारको आरोप लागेको छ । रौतहट गुजरा नगरपालिकाका एक किशोरीलाई गुम्बा भित्रै बस्दा बम्जनले बलात्कार गरेको किशोरीले बताउनु भएको छ । हिजो पत्रकार सम्मेलन गरी ती किशोरिले आनीका रुपमा बम्जनको गुम्बामा बस्दा बलात्कार भएको बताउनुभयो ।

पीडित किशोरीले आफू २०७१ साउनदेखि २०७५ असार २२ गतेसम्म आश्रममा बसेको र त्यस क्रममा बम्जनबाटै आफूलाई यौन दुव्र्यवहार भएको बताउनुभयो । बम्जन सर्लाहीमा रहेका बेला राती ९ बजे बलात्कार गरेको ती युवतिको आरोप छ । बम्जनसँग रहेका अरु आनीमाथि पनि यौन दुब्र्यवहार हुने गरेका पीडितको आरोप छ । अहिले बम्जनको मैत्रीस्थल सिन्धुलीको बेसारे गाउँमा छ ।तर बम्जन पक्षले भने यो आरोप खण्डन गरेका छन् । ललितपुरमा भएको पत्रकार सम्मेलनमा बम्जन पक्षले पीडित भनिएका किशोरीलाई उहाँको बुवाको रोहबरमा छोडिएको र बम्जनको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।

महिला अधिकारकर्मीको रोहबरमा पीडितलाई प्रहरीको जिम्मा लगाइएको छ । रामबहादुर बम्जन विरुद्ध प्रहरी अपराध महाशाखामा बलात्कारको मुद्दा दायर गर्ने तयारी भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस

आज फागु पर्व, धुमधामसँग मनाइँदै

 ११ चैत २०८०, आइतवार रामेछाप– फागु पर्व, आज देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई

शैक्षिक कार्यतालिकाको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

९ चैत २०८०, शुक्रवार रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक कार्यतालिकालाई प्रभावकारी कार्यान्वयन गर्न दिर्नेशन दिनुभएको

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानतमा छाडियो 

९ चैत २०८०, शुक्रवार रामेछाप– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा