• ON AIR
  • स्टेशन सुभारम्भ

प्रचण्डले चीनमा आजदेखि भेटवार्ता सुरु गर्दै 

भदौ ३१,काठमान्डौ– चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा चीन जानु भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँ हिजो साँझ चीन जानु भएको हो ।  नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार मुख्य एजेण्डा रहेको प्रचण्डले बताउनु भएको छ । विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत छलफल हुने बताइएको छ ।

चीन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग छलफल गर्नुहुनेछ । केही दिन पहिले भारत भ्रमणमा जानुभएका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धका विविध पाटाका बारेमा छलफल गर्नु भएको थियो । प्रचण्ड असोज तीन गते फर्किने कार्यक्रम छ ।  
 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन