• ON AIR
  • स्टेशन सुभारम्भ

आज राष्ट्रिय बाल दिवस,मन्थलीमा शैक्षिक ¥याली

भदौ २९,रामेछाप– आज भदौ २९ गते राष्ट्रिय बाल दिवस । यो दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको हुदैछ । “सुखी नेपाली, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । करिव एक घण्टा औपचारिक कार्यक्रम हुनुका साथै कार्यक्रममा बालप्रतिभा प्रस्तुति २ घण्टा चल्ने र विविध सांस्कृतिक कार्यक्रम पनि तय भएको मुल आयोजक समितिले जनाएको छ ।

यस्तै कार्यक्रम परिसरमा निःशुल्क बालस्वास्थ्य परीक्षण लगायत बालअधिकार सम्बन्धी सचेतना सामाग्री प्रर्दशनी, वितरण पनि गरिने न्द्रीय बाल कल्याण समितिले जनाएको छ । दिवसकै अवसरमा हिजो साँझ ५ बजे सिनामंगल स्थित बाल स्मृति स्तम्भमा द्वन्द्व लगायत भूकम्प, बाढीपहिरो, डुबान तथा अन्य विपद्मा परी जीवन गुमाएका बालबालिकाको सम्झनामा महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री थममाया थापाको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो ।

राष्ट्रिय बाल दिवसको अवसरमा रामेछापका विभिन्न स्थानिय तहहरुले पनि आज विविध कार्यक्रम गरिरहेका छन् । मन्थली नगरपालिकाले विहान सदरमुकाममा ¥यालीको आयोजना ग¥यो । नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थी,शिक्षक,शैक्षिक अभियन्ताहरु,अविभावक लगाएत सरोकारवालाहरु ¥यालीमा सहभागी थिए । नगरपालिकाले विभिन्न विद्यालयका उत्कृष्ट विद्यालयका विद्यार्थीहरुलाई सम्मान पनि गरेको छ । 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा