• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

मन्थली नगरपालिकाले ग¥यो एकैपटक ६९ जना शिक्षकको सरुवा 

रामेछापको मन्थली नगरपालिकाको नगर शिक्षा समितिले ६९ जना शिक्षकहरुको एकैपटक सरुवा गरेपछि नेपाल शिक्षक महासंघले आपत्ति जनाउँदै  सम्बन्धित निकायहरुमा  ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्र सरकारले स्थानीय सरकारलाई शिक्षकहरुको सरुवा गर्ने अधिकार नदिईसकेको अवस्थामा मन्थली नगरपालिकाले अव्यवहारिक ढङगबाट शिक्षकहरुको सरुवा गरेको भन्दै नेपाल शिक्षक महासंघले जिल्ला समन्वय समिति, मन्थली नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा बिकास तथा समन्वय इकाइ रामेछापमा सरुवा र दरबन्दि मिलानको बिरोधमा ज्ञापन पत्र बुझाएको हो । 


नगरपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षकहरुको सरुवा गर्ने नगर शिक्षा समितिको सिफारिस अनुसार नगरपालिकाले प्रा.वि तहमा कार्यरत ५९ जना, निम्न माध्यमिकतर्फ ५ जना र माविका ५ गरी ६९ जना शिक्षकको एकैपटक सरुवा गरेको हो । महासंघले अबैज्ञानीक तबरले गरेको निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिएको छ । नगर शिक्षा समितिले आँफुहरुसंग समन्वय नगरी विनाजानकारी शिक्षकहरुको सरुवा गरेको भन्दै नगरपालिकाकै केहि वडाध्यक्षहरुले पनि आपत्ति जनाएका छन् ।  वडा नम्वर १ का वडाध्यक्ष नारायण दाश श्रेष्ठ र वडा नम्वर ५ का वडाध्यक्ष राम बहादुर कार्कीले पठनपाठन नै ठप्पै हुने गरी शिक्षकको सरुवा गरेको भन्दै उक्त सरुवा कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताएका छन् ।


नगर प्रमुख रमेशकुमार बस्नेत भने नगर शिक्षा समितिको निर्णय कार्यान्वयन गराएरै छाड्ने अडानमा छन् । लामो अध्ययनपछि शिक्षकको सरुवा भएको भन्दै कहींकतै अप्ठेरै भएको भए सुधार गर्ने उनको भनाई छ ।  नगरपालिकाले शिक्षक मात्र हैन कतिपय विद्यालयको प्रधानध्यापकको समेत सरुवा गरेको छ । नगरपालिकाको यो निर्णयप्रती विभिन्न विद्यालयका व्यवस्थापन समितहरुले पनि आपत्ति जनाएका छन् । 
 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा